फिल्म ‘बोबी’ को नर्वेमा प्रिमियर

२०७५ बैशाख ३०, आईतवार ०२:५० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मिलन चाम्स निर्देशित फिल्म ‘बोबी’ को नर्वेमा प्रिमियर गरिएको छ । प्रेम जोडी कविता गुरुङ र उमेश थापाको वास्तविक प्रेम कथामा आधारित फिल्म ओस्लोको भीका भिक्टोरिया हलमा सम्पन्न गरिएको हो ।

निर्देशक चाम्सका अनुसार सब टाइटल सहितको फिल्म हेर्न नर्वे, इटाली, माल्टा, युके लगायत देशका नेपालीसँगै विदेशी पनि उपस्थित थिए । सफल प्रिमियर पश्चात चाम्सले नेपाली फिल्मले अर्को ढोका खोल्न सफल भएको भन्दै खुसी व्यक्त गरे । प्रिमियरमा नर्वेको कल्चरल डिपार्टमेन्ट प्रमुख थारिया ग्लोपनको पनि सहभागिता थियो ।

फिल्ममा कविता र उमेशसँगै विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारको अभिनय छ । चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘बोबी’ मा संचारकर्मी नरेश भट्टराईको स्क्रिप्ट, नवराज कृष्ण थापाको छायाँकन, अर्जुन जिसीको सम्पादन र ताराप्रकाश लिम्बुको संगीत रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय