चलचित्र ’रणवीर को यतिबेला धनगढी, महेन्द्रनगर लगायतका सुदुरपश्चिमको रमणीय स्थलमा छायाँकन भईरहेको छ ।
झन्डै तिन हप्ते सेड्युल लिएर त्यहाँ पुगेको युनिटले केहि दृश्य र दुई गीतको छायाँकन गर्ने निर्माण युनिटले जनाएको छ ।
। शिक्षित युवाले समाजमा गर्ने संघर्षको कथालाई लिएर बनिरहेको चलचित्रलाई गोविन्दसिंह भण्डारीले निर्देशन गरिरहेका छन् ।
‘गाँजा बाजा’ प्रोड्युसर दिपेन्द्र रेग्मी र गोमा विष्टले संयुक्त रुपमा ‘रणवीर’ निर्माण गरिरहेका छन् ।
चलचित्रमा प्रशान्त ताम्राकार , सुशील सिटौला , सुपुष्पा भट्ट , टिका पहाडी , रवी गिरी , नरेश पौडेल , हरिहर शर्मा, भोलाराज सापकोटा, जीवन भट्टराई, जगदिश रिजाल, बसन्ती भट्ट शैलेश्वरी सिंह लगायतको अभिनय रहेको छ ।


