नायिका दिपशिखाको फिल्म ‘प्रेमलीला’को यतिबेला धमाधम छायांकन भइरहेको छ । फिल्मको सुटिङ अघि कपाल पालेकी दिपशिखाले यो फिल्ममा कपाल मुण्डन गरेकी छन् । फिल्मको कथाले मागेपछि कपाल मुन्डन गर्न ेपर्ने भएर कपाल मुन्डन गरेको उनले बताईन ।
केही दिन अघि मात्र फिल्ममा समाबेश ‘जाने क्या हुवा ए’ बोलको हिन्दी गीतको पोखरामा छायांकन सकिएको छ ।
रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा दिपशिखा खड्का र नायक अली खानले फिचरिङ गरेका छन् । गीतमा बलिउड गायक राजा हसन को स्वर छ ।
जनक पाण्डेको निर्देशन रहेको फिल्ममा दिपशिखाकै कथा छ । फिल्ममा सुरज तमु र रेखा शाहको पनि अभिनय छ । पवन गौतमको छायांकन रहेको फिल्ममा महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत छ ।


