। अनमोल-अदिति स्टारर कृ निर्माता सुवास गिरी कृ-२ का लागि लोकेसन हन्ट गर्न लण्डन पुगेर फर्किएका छन् । उनीसंगै कृका प्रोडक्सन म्यानेजर शंकर पाण्डे समेत लन्डन पुगेका हुन् ।
सुवासले छिटै केहि नयाँ आउदै छ भन्दै लण्डन घुमेका केहि फोटो सामाजिक सन्जाल फेसबुक मार्फत सार्वाजनिक गरेका हुन् ।
यसअघी फिल्म कृ युनिटले फिल्मको एक गीत स्कटल्याण्डमा छायांकन गरेका थिए । पछिल्लो समय नेपाली फिल्मको छायांकन बिदेशमा हुने प्रचलन बढ्दै गएको छ ।


