आगामी जेठ ७ गते चलचित्र पत्रकारिता दिवसका दिन चलचित्र पत्रकार संघ मकवानपुरले दुई पत्रकार र दुई कलाकारलाई सम्मान तथा पुरस्कृत गर्ने भएको छ ।
संघका मकवानपुर अध्यक्ष मणीराज गौतमले ‘चलचित्र पत्रकारिता पुरस्कार’बाट जनता टेलिभिजनका रामकुमार एलनलाई नगदसहित ५ हजार र ‘राष्ट्रिय चलचित्र पत्रकारीता सम्मान २०७५’ बाट राजधानी दैनिकमा कार्यरत डब्बु क्षेत्रीलाई ११ हजार १ सय ११ रुपैयाँसहित सम्मान गरिन लागिएकोे बताए ।
‘चलचित्र कलाकारीता सम्मान’बाट नायिका निता ढुंगाना र कलाकार शुसान्त श्रेष्ठलाई सम्मान गरिने उनले बताए । जेष्ठ ७ गते हेटौडा रिसोर्टमा हुने कार्यक्रममा दाङ, पोखरा, बुटवल, चितवन र काठमाडौका चलचित्र पत्रकारको पनि सहभागीता रहनेछ ।


