
प्राय: प्रेमी र प्रेमीका बीच ब्रेकअप भैसकेपछी खासै देखभेट बोलचाल गर्ने कमै हुन्छन पानी बाराबार र एकले अर्काको खुट्टा तान्नेनै बढी देखिन्छन । तर नेपाली फिल्म इन्डस्ट्रीजमा भने डिभोर्स होस या ब्रेकअप जेसुकै होस सगै सहकार्य गर्ने एकले अर्कालाई साथ सहयोग गर्ने धेरै जोडीहरु छन ।
यहि बीचमा लामो समयसम्म प्रेम सम्बन्धमा रहेका र बिहे नै गर्ने कुरा सम्म सार्वजनिक भैसकेपछी ब्रेकअप गरेका जोडी हुन चर्चित अभिनेता सौगात मल्ल र अभिनेत्री तथा पुर्व मिस नेपाल सृष्टि श्रेष्ठ । यो जोडीले ब्रेकअप भैसकेपछी आफ्नो प्रेम टुट्दा सार्है पीडा भएको पनि स्विकारेका थिए ।
केही समयको अन्तराल पछि यी दुइले सगै सहकार्य गर्न थालेका छ्न । यसै साता एक साथ पत्रकारहरु सामु देखिएका द्वय सौगात र शृस्टीले आफ्ना कुराहरु राख्ने क्रममा सृष्टि श्रेष्ठले पुर्व प्रेमी रहेका सौगातको छेवैमा उभिएर “सौगात दाइ” भनेर सम्बोधन गरेपछो खैलाबैला भयो लौ पुर्व प्रेमी कुन नाताले दाइ भन्दै । यसै बिषयको स्पस्टिकरण नै दिनुपर्यो अभिनेत्री सृष्टि श्रेष्ठले । उनले फेरी सौगात सगै बसेर पत्रकार सामु स्पष्टीकरण दिदै भनिन ” सरी म सौगातनै भन्छु दाइ भन्ने गरेको छैन ,त्यो दिन पत्रकार जस्ले प्रश्न गर्नु भयो उहाले सैगात दाई भन्दै प्रश्न गर्नु भयो मैले त्यै फ्लोमा सौगात दाइ भने टङ्स्लीप भयो” सगै रहेका सौगातले पनि साथ दिदै भने “मलाई त खासै केई लागेकोथिएन टङ्स्लीप भाकोहोला लागेको थियो।”
जे होस पुर्व प्रेमी र प्रेमीकाको यो रोचक सवाद र एकाअर्का प्रतिको साथ र सहकार्य सकारात्मक देखिएपछि सबैले ग्ल्यामर इण्डस्ट्रीमा स्थायी शत्रु मित्र लामो समय हुदैन भन्ने प्रमाणीत भएको छ ।





