मंसीरदेखि चलेका नेपाली फिल्मले निर्मार्ता रुवायो

२०८२ पुष ७, सोमबार ०९:२३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

यस वर्षको मंसिर महिनाबाट प्रर्दशनमा आएका नेपाली फिल्म हेर्न दर्शक सुस्ताएका छन् । मंसिर देखि चलेका फिल्मको बक्स अफिस तथ्यांकले फिल्म निर्मातालाई रुवाएको छ , पीडित बनेका छन् लगानी डुबेको छ । निर्मार्ताले करोडौ खर्च गरेर बनाएको फिल्मले लमख पनि उठाएन । सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस तथ्यांक अनुसार मंसिरमा प्रदर्शन भएका ५ फिल्मको दयनिय अवस्था देखिएको छ ।

मंसिरमा सबैभन्दा कम व्यापार फिल्म ‘चिराग’को देखिन्छ । यसले गत शनिबारसम्म ६८ हजार ४५० रुपैयाँ ग्रस व्यापार गरेको छ ।‘चिराग’पछि न्यून व्यापार फिल्म ‘लोकन्ती’को रहेको छ । यसले बक्स अफिसमा ४ लाख १ हजार ३४० रुपैयाँ मात्र कमाएको छ । शोभित बस्नेतको निर्देशनमा बनेको फिल्म ‘पीआरल्े प्रदर्शनको ९ दिनमा जम्मा ६ लाख ६८ हजार ६३३ रुपैयाँ ग्रस व्यापार गरेको छ ।

मंसिरका दुई फिल्म ‘हर्ष’ र ‘अभिमन्यु’ले भने २० लाखको व्यापार गरेका छन् । ‘हर्ष’ले शनिबारसम्म २८ लाख ७८ हजार ५३६ रुपैयाँ र ‘अभिमन्यु’ले २१ लाख ४८ हजार ७०२ रुपैयाँ ग्रस कमाएका छन् । मंसिरमा कुनै फिल्मले लगानी उठाउन सकेको देखिँदैन । यी ५ फिल्मबाट निर्माताको करिब ५ करोड रुपैयाँ लगानी डुबेको छ ।

गत कात्तिक १४ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘परान’ले भने ५१ दिनसम्म १७ करोड ६१ लाख ५ हजार २८८ रुपैयाँ ग्रस व्यापार गरेको बोर्डको तथ्यांकमा देखिन्छ । यसको ६ लाख २५ हजार ६२५ वटा टिकट बिक्री भएका छन् । योसँगै ‘परान’ यस वर्षको सबैभन्दा धेरै कमाउने फिल्मसँगै इतिहासमा सर्वाधिक व्यापार गर्ने चौथो फिल्म बनेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय