असार २७ बाट प्रदर्शनमा आएको चलचित्र ‘यो मन त मेरो नेपाली हो’को टिमले प्रदर्शनको ५१ दिनको को केक काट्दै नयां चलचित्र स्वाह: निर्माण गर्ने घोषणा गरेको छ ।

‘यो मन त मेरो नेपाली हो’ फिल्मले बालाजु स्थित अष्टनारायण हलमा प्रदर्शनको ५१ दिन मनाएको खुशीयालीमा केक काटेर सेलीब्रेशन गरेको हो । निर्माता तथा कलाकार रोशन श्रेष्ठले फिल्मले अरु फिल्मको जस्तो टिकट काटेर दर्शक नल्याएको कार्यक्रममा बताए । रोशनले भने ” जति दर्शक आउनुहुन्छ स्वतस्फुर्त टिकट काटेर आउनु भएका दर्शकलाई फिल्म देखाएका हौं भलै हौं, फिल्मको चर्चा भएन होला तर फिल्मले ५१ दिन पार गरेकोमा खुशी छौं ।”

यस्तै लेखक शिवम अधिकारीले पनि यो मन त मेरो नेपाली हो फिल्मले चुपचाप ५१ दिन मनाएकोमा खुशी ब्यक्त गरे । फिल्मले बिभिन्न देशमा शो गरेर लगानी सेभ गरेको निर्माण टिमले जनाएको छ । कार्यक्रममा कलाकारसंघका अध्यक्ष मोहन निरौला ,राजकुमार राई, रबिन्द्र खड्का लगाएत फिल्मकमीहरु सहभागि थिए । फिल्मको टिम तथा संचारकर्मीहरुलाई मायाको चिनो प्रदान गर्दै स्वाह: नामक चलचित्र निर्माण गर्ने घोषणा गर्दै पोष्टर सार्वजनिक गरेको छ । स्वाहा चलचित्रका निर्माता निर्देशक स्वयंम मित्र प्रधाननै रहनेछन् ।

यो मन त मेरे नेपाली हो फिल्ममा विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, आयुषा समाल तथा बुद्धि तामाङको प्रमुख भूमिका छ । पद्यमा ईश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा ,चलचित्रका निर्माता ज्ञानबहादुर प्रधान रोशन हुन् । मित्र प्रधान ९नर० को कथा तथा निर्देशन रहेको चलचित्रको पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका हुन् ।


