
असोज ३१ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘जेरी अन टप’को टिजर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रममा सार्वजनिक गरीएको टिजरमा एडभेन्चर लभस्टोरी देखाइएको छ ।
टिजरमा फिल्मका मुख्य पात्र अनमोल केसी, आँचल शर्मा र जसिता गुरुङको सम्बन्धमा आउने उतारचढावलाई प्रस्तुत गरिएको छ ।
‘फर्की फर्की’का निर्देशक सुयोग गुरुङको निर्देशनमा बनेको यो फिल्ममा अनमोल, आँचल र जसितासहित भुवन केसी, केदार घिमिरे ९माग्ने बुढा०, सुरक्षा पन्त, उषा खड्की लगायतको अभिनय छ । अनन्या फिल्म्सको ब्यानरमा सरोज न्यौपानेले फिल्मको निर्माण गरेका हुन् । उनले यसअघि ‘सम्बोधन’ र ‘ग्याङस्टर ब्लूज’ बनाएका थिए ।

‘जेरी अन टप’को निर्माणमा सरोजलाई रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले सघाएका छन् । फिल्मको कार्यकारी निर्मातामा अनुराधा गिरी र इश्वर श्रेष्ठ रहेका छन् । यसमा कालिप्रसाद बाँस्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत, विस्वास तिम्सिनाको पटकथा, हेमराज बिसीको कथा तथा दुलिप रेग्मीको छायांकन रहेको छ ।