भदौ २० गतेबाट माधवराज खरेल निर्देशित हरर कमेडी फिल्म ‘चिठ्ठी प्रदर्शनमा आउंदैछ । ‘चिठ्ठी’ सस्पेन्स थ्रिलरका तत्व मिसिएको डार्क कमेडी फिल्म रहेको निर्देक खरेलको भनाई छ ।
चलचित्रको युट्युब पत्रकार, भूमाफिया, मानसिक रोगी र अदृष्य आत्माबीचको अन्तर–द्वन्दमा आधारित रहेको बताइएको छ । सामाजिक यथार्थता, निकायगत विकृति, मानविय प्रवृत्ति र पारिवारिक भावना समेटिएको चलचित्र ‘चिट्ठी’ समसामयिक सन्देशसहित दर्शकमाझ फरक स्वाद ल्याउने उद्देश्यका साथ निर्माण गरिएको निर्देशक खरेलले बताउनुभयो ।
चलचित्रमा अर्गानिक कमेडियन रुपमा चर्चा कमाउनुभएका खड्गबहादुर पुन ‘खबपु’, सञ्जीत भण्डारी, गोपाल ढकाल ‘छन्दे’, नबराज थापा, प्रणव भुसाल, मुस्कान लामा, कञ्चन चालिसे, मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, नम्रता खरेल, राजन थापा, रश्मी भट्ट, मुना निरौला, कविन्द्र त्रिपाठी, पुरुषोत्तम सानु, सोमा खत्री, प्रल्हाद खरेल, डेभिल सिंह राजपुत, समिर लामा, राजु कार्की तथा रज्जु गुरुङलगायत कलाकारहरूको अभिनय छ ।
चलचित्रकी निर्माता सञ्चारकर्मी कमला जोशी हुनुहुन्छ । चलचित्रको छायांकन जीवन पराजुली र राजन खरेलले गर्नुभएको हो भने सम्पादन राजेश कुमारले गर्नुभएको छ । भीएफएक्स समिर मियाँले गर्नुभएको छ । ध्वनि सम्पादन मनोज परियारले र ५.१ ध्वनी सम्पादन अमित श्रेष्ठले गर्नुभएको हो । चलचित्रमा रहेको अर्को गीत ‘टुटेको तारा’ मा डा. कृष्णहरि बरालको शब्द, शिव परियार र सरोज कोइरालाको संगीत रहेको छ भने शिव ताण्डवमा वसन्त अर्यालको स्वर समावेश गरिएको छ ।
शिव ताण्डव गीतको संगीत संयोजन राजेन्द्र बजगाईंले गर्नुभएको हो भने चलचित्रको द्वन्द निर्देशन किरण दाहालको छ । पृष्ठभूमि संगीत पुष्कर खत्रीको छ । कमेडी च्याम्पियनका खड्क बहादुर पुन ‘खबपु’ ‘छन्दे’ उपनामबाट परिचित गोपाल ढकाल लगायतका कलाकारहरुले फिल्ममा अभिनय गरेका छन् । एरा प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको चलचित्रलाई कुवेर डिस्टिब्युटर्स प्रालि. वितरण गर्ने छ ।


