‘अभिमन्यु’को गीत‘लड्की गोरी’ सार्वजनिक

२०८२ श्रावण ३२, शनिबार ०५:५४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेपाली र हिन्दी भाषामा बनेको फिल्म ‘अभिमन्यु’को नयाँ गीत ‘लड्की गोरी’ सार्वजनिक गरिएको छ । भोजपुरी शैलीमा तयार पारिएको गीतमा शब्द, संगीत र स्वर प्रशान्त सिवाकोटी र प्रेरणा सिंहको रहेको छ । संगीत संयोजन विषम आचार्यले गरेका छन् । गीत भोजपुरी लवजमा भए पनि भाषा नेपाली नै प्रयोग गरिएको छ ।

रोहन विश्वकर्माको कोरियोग्राफी रहेको गीतको भिडियोमा जुना सुन्दास र किरण श्रेष्ठको आकर्षक नृत्य छ । लक्ष्मी बर्देवा र कामेश्वर चौरासिया पनि भिडियोमा देखिएका छन् ।
सुशान्त गौतमको निर्देशनमा बनेको फिल्ममा लक्ष्मी, कामेश्वर र किरणसहित सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, प्रकाश दाहाल, सुष्मा निरौला लगायतको अभिनय रहेको छ । आगामी भदौ २७ गते प्रदर्शन हुन लागेको फिल्मको हिन्दी भर्सन दशैं असोज ६ गते ९घटस्थापनाको दिन० प्रदर्शन हुँदैछ ।

सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । यसमा मुकेश खनालको लेखन, शरद महतोको छायांकन तथा सुरेन्द्र पौडेल र मदन घिमिरेको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय