नायिका बेनीशा हमालको यतिबेला एकसाथ दुई चलचित्र सिटामोल र मोहर प्रदर्शन भैरहेको छ । नायिका बेनीशालाई दुबै चलचित्रका दर्शकलाई भेट्न र साक्षात्कार गर्न भ्याइनभ्याइ छ । दुबै चलचित्रमा नायिका बेनीशाको अभिनयको चौतर्फी चर्चा रहेको छ । प्राय एकै पटक आफैले अभिनय गरेको फिल्म एकसाथ प्रदर्शन हुंदा के होला भन्ने डर हुन्छ तर बेनीशालाई भने दुबै हातमा लडडु भनेजस्तै भैरहेको छ , जस्का कारण उनि दंग छिन् ।

ओम प्रतिक निर्देशित मोहर र राजबहादुर सानेले निर्देशन गरेको चलचित्र सिटामोल श्रावण २३ बाट एक साथ प्रदर्शनमा आएको हो । उसो त नायिका बेनीशा हमालको अभिनयको सबैले प्रशंसानै गर्ने गर्दछन् । नायिका बेनीशाले यस अघि अभिनय गरेका फिल्महरुबाट अभिनयमा अब्बल नायिकाको रुपमा स्थापीत गरीसकेकी छन् ।


