टिकटकर आभा ‘कश्यप’फिल्मको लागि प्रशिक्षण लिंदै

२०८२ श्रावण ३०, बिहीबार १७:३० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिल्म ‘कश्यप’ मा टिकटक स्टार तथा इन्फ्लुएन्सर आभा ढुंगाना अभिनेत्रीका रुपमा अनुबन्धित भएकी छन् । आभाले यसै फिल्मका लागि एक्सन दृश्यको बिशेष प्रशिक्षण लिईरहेकी छिन्  । निर्देशक दिनेश जी खड्काका अनुसार, कथाको माग अनुसार र आभाको प्रतिभा तथा परफर्मेन्सलाई ध्यानमा राखी स्क्रिनटेस्ट गरेरै फाइनल गरिएको हो।

यसै फिल्ममार्फत बालकलाकार रिद्धी खत्रीले पनि नेपाली रजतपटमा डेब्यु गर्न लागेकी छन्। अडिसनमार्फत चयन भएकी रिद्धीले धेरै प्रतिस्पर्धीलाई पछि पार्दै ‘कश्यप’को महत्वपूर्ण पात्रमा अवसर पाएकी हुन्।

यसअघि निर्माण पक्षले एक्सन हिरो सविन श्रेष्ठलाई फिचर गरेर फष्टलुक पोस्टर सार्वजनिक गरिसकेको छ, जसले फिल्मप्रति दर्शकमाझ उत्सुकता र कौतुहलता बढाएको छ। एक्सन, प्रेम र म्युजिकल्ली रुपमा उत्कृष्टता दिदैं ‘कश्यप’ पुर्णरुपमा मनोरञ्जनात्मक फिल्म हुनेछ भने चाँडै नै फिल्मको छायाँकन थालनी हुने बताएको छ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय