सारिकाको ‘मैना चरी’मा महिलाको पीडा

२०८२ श्रावण ३०, बिहीबार १७:२६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गायिका सारिका घिमिरेले नयाँ गीत ‘मैना चरी’ सार्वजनिक गरेकी छिन् । तीजको छेको पारेर सार्वजनिक गरिएको गीतमा सारिका स्वयंमको शब्दमा योगेश काजीको संगीत तथा संगीत संयोजन छ । बविता पोखरेलको कोरियोग्राफीमा बनेको गीतको भिडियोमा सारिका स्वयंले अभिनय गरेकी छन्। भिडियो गम्भीर विष्टले निर्देशन गरेका हुन्। ‘मैना चरी’ मा सारिकाले मनको गहिराईबाट आम महिलाको पीडालाई उतारेकी छन् ।

कर्मले हारेको मैना चरीको पखेटा काटिएपछि कसरी उड्छौ भन्दै गीतमा महिलाको वेदना प्रस्तुत गरिएको छ। मैना चरीलाई प्रतीक बनाएको गीत महिलामाथि हुने हिंसामा आधारित छ। सारिकाले आफ्नो अफिसियल युट्युव मार्फत ‘मैना चरी’ सार्वजनिक गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय