चलचित्र ङोल्स्यो रानीको पोखरामा २३ गतेबाट बिशेष शो हुदै

२०८२ श्रावण २२, बुधबार ०५:४१ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

गुरुङ संकृतीमा आधारित नेपाली भाषामा निर्मित चलचित्र “ङोल्स्यो रानी ” पोखरा शहरमा बिशेष शो हुने भएको छ । मंगलबार पत्रकारहरुसंगको भेटमा बिश्राम फिल्मस प्रा लिको प्रस्तुती रहेको फिल्म श्रावण २३, २४ २५ र २६ गते पोखरको श्री कृष्ण चलचित्र मन्दिरमा ४ दिन बिशेष शो हुने निर्माण टिमले जनाएको छ । जिवन गुरुङले निर्माण गरेको फिल्म ङोल्स्यो रानी का निर्देशक कमल बहादुर गुरुङ हुन भने जिवन गुरुङकै कथा रहेको छ । ङोल्स्यो भनेको गुरुङ भाषामा सोल्टीनी हो ।

मिरा गुरुङ ,मनोज गुरुङ,आशिष गुरुङ,बिक्रम राणा , डिबी गुरुङ,टिकाराम घले , कुबिना गुरुङ,लाल शोभित गुरुङ,खिमकुमारी गुरुङ, अनाम गुरुङ ,मोहन गुरुङ, टिना गुरुङले अभिनय गरेको ङोल्स्यो रानी मा माओत्से गुरुङले समेत फिल्ममा अभिनय गरेका छन् । कार्यकारी निर्माता राजबहादुर गुरुङ रहेको फिल्म ङोल्स्यो रानी मा निकोलस गुरुङको डिओपी र सम्पादन रहेको छ । राजु किरताको एक्सन रहेको फिल्ममा गितको कोरीयोग्राफी पबित्रा गुरुङ र कमलबहादुर गुरुङले गरेका छन् ।

फिल्मको गितको शब्द संगित कमल बहादुर गुरुङ, यमसारु मगर र मन क्षेत्रीको छ भने गायक गायिका राज बहादुर गुरुङ,ममता गुरुङ र मनोज थापा मगर रहेका छन् । कास्कीकै सेरेपेरोमा छांयाकन भएको फिल्म त्रिकोणत्मक लभस्टोरी रहेको नायिका मिरा गुरुङले बताइन । नायक तथा कलाकार मनोज गुरुङले फिल्म अत्यन्तै राम्रो टिपिकल कथा बस्तुमा रहेको बताए ,अर्का कलाकार आशिष गुरुङले फिल्म सबैले मन पराउनेमा विश्वसत रहेको बताए ।

फिल्ममा निर्माता जिवन गुरुङले आफुले पहिला म्युजिक भिडियो निर्देशन गरीरहेको र फिल्म बनाउने रहर सानैदेखि भएकाले दर्शकमाझ ङोल्स्यो रानी लिएर आएको बताए । फिल्मलाई देशैभरका बिभिन्न ठाउमा शो गर्ने र बिदेशमा पनि शो हुने निर्माता जिवनले बताए । नेपालमा हलहरुमा अरु फिल्म जस्तै लगाउन खोज्दा बिभिन्न समस्या आएकोले बिशेष शो गरी दर्शकलाई देखाउन लागेको निर्माता जिवनले बताए ।

भिडियो

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय