भर्सटाइल र लोकप्रीय गायिका प्रिती आलेले आफनै शब्द संगित र स्वरमा खुच्चीङ बरिलै बोलको तिज गित सार्वजनिक गरेकी छन् । ब्याग्यात्मक रमाइलो शब्दहरु रहेको प्रितीको तिज गित खुच्चीङ बरिलै को भिडियोमा प्रिती आफै फिच्र्ड छिन् भने दिभिसा शर्मा कमला र तुलसा अधिकारीले भिडियोमा साथ दिएका छन् । कोरीयोग्राफी र निर्देशन जेरी भन्डारीको रहेको भिडियोको सिनेम्याटोग्राफी करन चैसर र टिमले गरेका हुन । गितको एरेन्ज एच्बिएन किस्मतले गरेका हुन भने गितको भिडियो सम्पादन नबीन घर्ती मगरले गरेका हुन । भिडियो गायिका प्रिती आलेको आफ्नै युट्युव च्यानलमा रहेको छ ।


