फिल्म “जदौ” निर्माण घोषणा भदौबाट छांयांकनमा जाने

२०८२ श्रावण २, बिहीबार १६:०६ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

फिल्म जदौ निर्माणको बिहिबार पत्रकार सम्मेलन गरेर निर्माण टिमले औपचारिक घोषणा गरेको छ । सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टको संयुक्त निर्माणमा बन्ने फिल्म जदौ निर्माण हुने केहि समय अघि देखिनै चर्चा थियो । फिल्म जदौलाई काजी लिम्बू र अञ्जन शर्माले संयुक्त निर्देशन गर्ने पत्रकार सम्मेलनमामा जानकारी गराइयो । कार्यक्रममा चलचित्र बिकासबोर्डका अध्यक्ष दिनेश डिसीले जदौ फिल्मको पोष्टर अनावरण गर्दै टिमलाई शुभकामना दिए ।
‘जदौ’ फिल्म निर्माण घोषणा कार्यक्रममा कलाकारहरु मुकुन भुसाल,नीति शाह,प्रभातपाल ठकुरी,विनोद न्यौपाने र सन्ध्या श्रेष्ठ सहभागि थिए । कार्यक्रममा प्रिति कौले लेखेको गितको स्थायी अंश बाचन गरेका थिए ,गितको शब्द यस्तो थियो :
नखाको विषले सतायो, नचल्ने खोटी बनायो
लुटेर खुशी जीवनको, अधर्मी पापी बनायो ।
घाम, जून सबैको एउटै हैन र ?
हामीले फेर्ने सास एउटै हैन र ?

अन्तरजातीय प्रेमसम्बन्धको बिषयमा निर्माण हुने ‘जदौ’ भदौबाट छांयाकनमा जाने छ । कार्यक्रममा सिल्भर स्क्रिनकी प्रबन्ध निर्देशक बिमला भण्डारीले ‘जदौ’ फिल्मले नेपाली समाजमा रहेका जातीय विभेदका निर्मूल गर्नका लागि आवाज बुलन्द गर्ने बताइन ।निर्देशकद्वय मध्येका अञ्जन शर्माले समाजका यथार्थ घटना, जनजीवनलाई मनोरञ्जनात्मक रुपले पर्दामा पस्कने बताए भने लेखकसमेत रहेका अर्का निर्देशक काजी लिम्बूले आफूले वर्षौदेखि भोगी आएका वास्तविक जातीय विभेदकारी घटना, प्रसंगहरुलाई ‘जदौ’ मा बुन्ने प्रयास गरिएको उल्लेख गर्दै फिल्मले सम्पूर्ण नेपालीको मन जित्ने विश्वास ब्यक्त गरे ।

अभिनेता मुकुन भुसाल र बिनोद न्यौपानेले आफुहरुले अहिलेसम्म गरेका भन्दा बिल्कुल भिन्न पात्र र भूमिका ‘जदौ’ मा निर्वाह गर्न लागेकाले चुनौतीका साथमा सम्भावना पनि उत्तिकै रहेको बताए । अभिनेत्री नीति शाहले स्क्रिप्ट र टिम निकै मन परेको बताउदै यो फिल्ममा आफू मोर्डन भूमिकामा रहेको खुलासा गरिन् ।

अभिनेता प्रभात पालले ‘जदौ’ ले आफ्नो करिअर उचाइमा पुर्याउने बिश्वास ब्यक्त गरे । नवअभिनेत्री सन्ध्याले डेब्यु फिल्ममै सिनीयर कलाकारहरुसँग स्क्रिन शेयर गर्ने मौका पाएकोमा खुशी ब्यक्त गरिन् ।मुकुन,नीति, प्रभातपाल,बिनोद,सन्ध्याका साथमा ऋचा शर्मा,अनिल सुब्बा,सिपी पुडासैनी ९धतुरे० लगायतका कलाकारले अभिनय गर्ने फिल्मको सहनिर्मातामा रामराजा सुवेदी,ओम चेम्जोङ,सुमीत्रा देवकोटा,नारायण शास्त्री,गोकुल केसी,अर्जुन खड्का,काजी केसी,सृजना शर्मा र मनिष शर्मा छन् ।

श्याम तामाङले खिच्ने फिल्मको निर्माण ब्यबस्थापक बुद्धिलाल माझी ९देवा०,कला निर्देशक चिरञ्जीवि भण्डारी, द्वन्द निर्देशक मिलन श्रेष्ठ छन् । विनयराज पौडेल मुख्य सहायक निर्देशक रहेको फिल्मका गीतमा बाबुल गिरी र सरोज पोखरेलको संगीत छ । फिल्म दाङ र प्युठानका बिभिन्न स्थानमा खिचिने छ ।

संचारकर्मीको बाक्लो उपस्थिति रहेको कार्यक्रममा गोलाप्रथाद्वारा भाग्यशाली ७ संचारकर्मीलाई पुरस्कार स्वरुप दैनीक जीवनमा उपयोग हुने उपहार सामाग्री प्रदान गरिएको थियो । निर्देशक लिम्बूले ‘जदौ’ यादगार बनोस् भनेर लक्की सेभेन गिफ्टको कन्सेप्ट ल्याइएको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय