एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘चमेलीको पोइ’ राम नवमीको दिन पारेर आगामी चैत १३ गतेबाट प्रदर्शनमा आउने भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति जानकारी गराइएको हो । चमेलीको पोइ’ मा मुकुन भुषाल र सुरक्षा पन्त मुख्य भुमिकामा रहेका छन् । फिल्म सामाजिक बिषय बस्तुमा रहेको निर्माण टिमले जानकारी गराएको छ ।

सुनिता सापकोटा र राम नारायण उपाध्याय निर्माता रहेको फिल्ममा अंशु महर्जन, गणेश गौतम, उमेश राई, प्रेम देव गिरी, रजनी गुरुङ, खड्गबहादुर पुन मगर ९खबपु०, कपिल आचार्य, सुनिता सापकोटा, राम नारायण उपाध्याय लगायतले पनि अभिनय गरेका छन् । फिल्मका कार्यकारी निर्माता उदय विक्रम राणा र रितु मल्ल ठकुरी हुन् । यसमा शेरबहादुर तामाङको छायांकन रहेको छ ।


