‘गुन्यो चोलो’को म फूल हुँ कि काँडा’मा नाजिर

२०८२ असार ३१, मंगलवार १३:५२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

‘गुन्यो चोलो’ फिल्मको ‘म फूल हुँ कि काँडा’ गित सार्वजनिक भएको छ । आगामी भदौ १३ गतेबाट प्रदर्शनमा आउने फिल्म गुन्यु चोलीमा
अभिनेता नाजिर हुसेनले पहिलो पटक पारालैंगिक महिला ट्रान्सवुमन को भूमिका निर्वाह गरेका छन् ।
उनले यो फिल्ममा ट्रान्सवुमनको भूमिका निभाउन करिब १६ केजी तौल घटाएका थिए ।

कमल राईको कोरियोग्राफी रहेको गीतको भिडियोमा नाजिरसहित सुशील सिटौला, उत्तम केसी, स्व। सानु ताम्राकार, शिशिर राणा लगायतका कलाकारहरु पनि प्रस्तुत छन् । लेखु सहयात्रीको संगीत तथा शब्द रचना रहेको गीतमा मनीषा पोखरेलको गायन छ ।

समुन्द्र भट्टको निर्देशनमा बनेको फिल्ममा नाजिरको आमाको भूमिकामा सञ्चिता लुईँटेलले अभिनय गरेकी छन् भने उनको दिदीको भूमिकामा पत्रकार समेत रहेकी निशा बजगाईँ छिन् । उनीहरुसहित फिल्ममा विशाल पहारी, अनुपम श्रेष्ठ लगायतको पनि अभिनय रहेको छ । आलोक शुक्लाको छायांकन रहेको फिल्मको पटकथा निर्देशक भट्ट र अभिनेता हुसेनले तयार पारेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय