मोबाइलबाट लघु चलचित्र निर्माण’ कार्यशाला  सम्पन्न

२०८२ असार २९, आईतवार १५:४९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

१५ दिने ‘मोबाइलबाट लघु चलचित्र निर्माण’ कार्यशाला सम्पन्न भएको छ । इमेज एकाडेमीको आयोजना र इन्टरनेसनल एसोसिएसन अफ वुमन इन रेडियो एण्ड टेलिभिजन ९आईएडब्लुआरटी० नेपालको सहकार्यमा तालिमको आयोजना गरिएको थियो।कार्यशालामा नागर्जुन नगरपालिकाका १० वटा वडाबाट १०५ जना स्थानीय सहभागी थिए । कार्यशालाका क्रममा स्वास्थ्य, शिक्षा, कृषि, युवा, बालबालिका र महिलाका विषयमा आधारित १६ वटा लघु चलचित्रहरू निर्माण गरियो ।

कार्यशालामा इमेज एकाडेमीकी संस्थापक अध्यक्ष अनुपा श्रेष्ठ, आईएडब्लुआरटी नेपालकी अध्यक्ष इच्छा गुरुङ, सञ्चारकर्मी अनुशा पौडेल, निर्देशक संगीत श्रेष्ठ, सन्ध्या थापा, सन्तोषी पौडेल, शिलु अधिकारी, शैलजा सिंह, दृश्य सम्पादक निशा मानन्धर र कन्टेन्ट क्रिएटर दिपेश घिमिरेले प्रशिक्षण दिएका थिए । प्रशिक्षार्थीहरूले मोबाइलमार्फत चलचित्र निर्माण गर्ने प्रशिक्षण पहिलोपटक पाउँदा उत्साहित भएको र कार्यशाला निकै उपयोगी रहेको प्रतिक्रिया दिए ।
आइतबार प्रशिक्षण समापन भएपछि नगरपालिकाका कार्यवाहक प्रमुख सुसिला अधिकारीले सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरेकी थिइन् ।आइवार्ट नेपालकी अध्यक्ष इच्छा गुरुङले कार्यशालाबाट छनोट भएका उत्कृष्ट १० जनालाई एडभान्स प्रशिक्षणमा सहभागी गराइने र निर्माण गरिएका लघु चलचित्रहरू आगामी मंसिरमा छैठौं लघु चलचित्र प्रतियोगितामा प्रदर्शन गरिने जानकारी दिइन ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय