मनोरञ्जन व्यवसायीको अध्यक्ष उमा ,२४ घन्टा रात्री ब्यवसाय खोल्न माग

२०८२ असार २९, आईतवार १५:३९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौंस्थित मनोरञ्जन व्यवसायीहरूको राष्ट्रिय भेलाले गायिका तथा व्यवसायी उमा श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार काठमाडौंको जडिबुटीमा आयोजित भेलाले समितिको वरिष्ठ उपाध्यक्षमा दिनेश थापा, उपाध्यक्षहरूमा सुशील बुढाथोकी, सुजन श्रेष्ठ, प्रह्लाद चौलागाईं र राजकुमार कार्की छन् । महासचिवमा सगुन अधिकारी, उपमहासचिवमा प्रज्जवल खड्का, सचिवमा अमृत खाती, सहसचिवमा देव लामा, कोषाध्यक्षमा सन्तोष लामा र सहकोषाध्यक्षमा युनिसा रेग्मी सर्वसम्मत निर्वाचित भएका छन् ।

भेलामा सहभागी हुन रक्षामन्त्री मानवीर राई, बागमती प्रदेशका पूर्वमन्त्री युवराज दुलाल, काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख एआईजी टेक बहादुर तामाङ लगायत पुगेका थिए । रक्षामन्त्री मानवीर राईले आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने बताए ।

अध्यक्ष उमा श्रेष्ठले व्यवसायलाई व्यवस्थित गर्न आफूहरू संगठित भएको बताइन् । ठमेल र दरबारमार्गमात्रै नभइ पूरै काठमाडौंलाई २४ घन्टा सञ्चालनको अनुमति दिनुपर्ने उनको भनाइ थियो । व्यवसायीहरूले ठमेल र दरबारमार्ग मात्र पर्यटकीय हब भन्दै रात्री ब्यवसाय संचालन गर्न दिएको तर पुरा काठमांडौ उपत्यकानै पर्यटकीय हब भएकाले २४ घन्टा रात्री ब्यवसाय संचालन गर्न पाउनुपर्ने माग गरे । प्रहरीले बेलाबेलामा रात्रिकालीन व्यवसायलाई दुस्ख दिने गरेको गुनासो गर्दै व्यवस्थित गरिदिन एआईजी तामाङसँग ब्यवसायीहरुले आग्रह पनि गरे ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय