यो मन मेरो नेपाली हो फिल्म शुक्रबारबाट प्रदर्शनमा आएको छ । मित्र प्रधानले निर्देशन गरेको फिल्म यो मन त मेरो नेपाली हो फिल्म हेर्न सुन्धारा स्थित सिभिल मल पुगेका बरिष्ठ कलाकार नीर शाहले फिल्मले देशप्रेमको आवाज उठाएकोमा निर्माण पक्षको प्रशंसा गर्दे यस्ता बिषयलाई राज्यले संरक्षण गर्नुपर्ने बताए । त्यस्तै अर्का कलाकार सरोज खनालले देशप्रेम भाषा संस्कृतिलाई संरक्षण गर्ने फिल्म भएकाले सबैलाई हेर्न आग्रह गरे । निर्देशक मिलन चाम्सले फिल्मले उठाएको बिषयबस्तु सशक्त रहेको बताए । शुक्रबार फिल्म हेर्ने अधिकांश दर्शकहरुले फिल्म राम्रो लागेको प्रतिक्रिया दिए ।

पद्यमा इश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ लाई ज्ञान बहादुर प्रधान ९रोशन० ले निर्माण गरेका हुन् ।चलचित्रमा रोशन श्रेष्ठ ,नारायण खाती,भुपेन्द्र लिङ्देन “मन्त्री”, सुबास भन्डारी, बिजय सुब्बा,बिजिता परियार , देवराज राजबन्शी, भानुभक्त सिटौला लगायतको अभिनय रहेको छ।

मित्र प्रधान (नर )को निर्देशन रहेको यस चलचित्रमा शिवम् अधिकारीको लेखन रहेको छ । सौरभ लामाको छायांकन ,देव महर्जन द्वन्द्व ,समिर मियाको भिएफएक्स ,कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी , सम्पादक बनिश शाह तथा सिजिआई सत्यम राना रहेको छ ।दिपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राईको चलचित्रमा संगीत रहेको छ भने दिपक शर्मा , विल्सन विक्रम राई,शंकर अधिकारी घायलको शब्द तथा खैजडी गीतमा अनिश अधिकारीको शब्द संकलन रहेको छ ।
भिडियो


