रामेश्वर थापाको बायोग्राफीमा ‘क्याप्टेन साब’फिल्म निर्माण घोषणा

२०८२ असार २६, बिहीबार ०८:३९ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

पाइलट रामेश्वर थापाको बायोग्राफीमा ‘क्याप्टेन साब’ फिल्म बन्ने भएको छ । निर्देशक दिपेन्द्र के खनालको निर्देशनमा बन्ने क्याप्टेन साब’ फिल्मको बिहीबार काठमाडौंमा शुभ मुर्हुत गर्दै औपचारिक निर्माणको घोषणा गरियो । पाइलट थापाको सार्वजनिक पुस्तक ‘इन टु द फायर’कै आधारमा फिल्म निर्माण हुने निर्देशक खनालले जानकारी दिएका छन् ।

फिल्ममा खगेन्द्र लामिछाने र सुरक्षा पन्तको मुख्य भूमिका रहनेछ । अभिनेता खगेन्द्र पाइलट थापाको भूमिकामा रहनेछन् । फिल्ममा निर्देशक खनालसँगै करन श्रेष्ठ, स्रिस्टिमा खनालको लगानी रहनेछ भने सिर्जना नापित कार्यकारी निर्माताको भूमिकामा छिन् । ‘क्याप्टेन साब’को मूर्हत सटमा व्यवसायी डा। उपेन्द्र महतो कल्याप र क्याप्टेन थापाले निर्देशन गर्दै सुरुवात गरिएको थियो । कृष्णबहादुर थापा छायाकार रहेको फिल्मको छायांकन काठमाडौंसँगै चितवन र काभ्रेका विभिन्न स्थानमा हुनेछ । यो फिल्म भदौको पहिलो साताबाट छायांकनमा जाने ब ताइएको छ । निर्देशक दिपेन्द्र के खनालकै लेखन रहेको चलचित्रमा सौगात बस्नेत मुख्य सहायक निर्देशक, भीमसेन शाही ुरोयल भीमसेनु पोस्टर तथा पब्लिसिटी डिजाइन ९ट्राइडेन्ट कन्सेप्ट०, प्रोडक्सन डिजाइर अकी थेक्पा, रोहित राज गौतम र बिष्णु मैनाली प्रोडक्सन म्यानेजर, अकि ठेक्पा रहेका छन् ।

सिम्रिक एयरका अध्यक्ष क्याप्टेन रामेश्वर थापा अनुभवी हेलिकप्टर पाइलट हुन्, जसले २० वर्षभन्दा बढीको करिअरमा १०,००० घण्टाभन्दा बढी उडान गरेका छन्। उनी नेपालका पहिलो एमआई–१७ कमर्सियल कमाण्डर तथा इन्स्ट्रक्टर पाइलट हुन्। बेल ४०७जीएक्सपी, एएस ३५०बी३ई ९एच१२५० र बीके–११७ मा अनुभव प्राप्त थापाले नेपाली हवाइ पर्यटनको विकासमा अग्रसर भूमिका खेल्दै आएका छन् ।

उनी हाल एओएएन ९ब्इब्ल्० का अध्यक्ष तथा आफ्नै पहलमा स्थापना गरिएको हेलिकप्टर सोसाइटी अफ नेपालका संस्थापक अध्यक्ष पनि हुन्, जसले नेपालमा हेलिकप्टर सुरक्षाका मापदण्ड सुधार्न काम गरिरहेको छ। साथै, थापा अन्नपूर्ण मिडिया नेटवर्क ९अन्नपूर्ण पोस्ट, रेडियो अन्नपूर्ण र एपीवान टिभी० का कार्यकारी अध्यक्ष तथा प्रमुख लगानीकर्ता पनि हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय