भाषा, कला र देशप्रति समर्पित कथा वस्तु रहेको फिल्म ‘यो मन त मेरो नेपाली हो’ को ग्राण्ड प्रिमियर बुधबार साँझ काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा गरीएको छ । चलचित्रको प्रिमियर हेर्ने बिभिन्न क्षेत्रका ब्यक्तिहरुले यो फिल्म सबैले हेर्नै पर्ने फिल्म भएको प्रतिक्रिया दिएका छन् । पछिल्लो समय नेपालको भाषा कला र संस्कृति हराउदै गएकाले फिल्म यो मन त मेरो नेपाली हो ले यस बिषयलाई सशक्त रुपमा उठाएको भन्दै सबैले प्रशंसा गरेका छन् । फिल्म शुक्रबार असार २७० बाट देशभर प्रदर्शनमा आउँदैछ । प्रिमियरमा चलचित्रकर्मी, पत्रकार, सुरक्षाकर्मी लगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति थियो।

प्रिमियरमा पुगेकी लोकगायिका ज्योति मगरले अरु फिल्म जस्तो मेलो डामा , एक्सन हेर्नको लागि यो फिल्म नबनेको तर यो मन त मेरो नेपाली हो नेपाली भएर एक पटक हेर्नैपर्ने फिल्म भन्दै सबैलाई फिल्म हेर्न आग्रह गरीन।निर्देशक तुलसी घिमिरेले चलचित्रले नयाँ पुस्ता मात्र होइन, अहिलेको पुस्तालाई समेत नेपाली भाषाप्रति जिम्मेवार बनाउने सन्देश दिएको बताए । कलाकार राजाराम पौडेलले देशभक्तिपूर्ण भावनाले भरिएको प्रस्तुति र नेपाली भाषाको महत्व झल्काउने प्रयासका कारण ‘यो मन त मेरो नेपाली हो’ हरेक नेपालीले हेर्नुपर्ने चलचित्र भएको बताए। निर्देशक अशोक शर्माले फिल्मको तारिफ गर्दै यसले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे।

चलचित्रको प्रिमियरमा,लोकगायक बद्रि पगेनी ,राधिका हमाल, नृत्य निर्देशक कमल राई ,निर्देशक राजेन्द्र सलभ , ऋषि लामिछाने, पूर्व संसद महेन्द्र लिम्बु, सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल , निर्माता राजकुमार राई , कलाकार संघका अध्यक्ष मोहन निरौला ,निर्देशक समाजको अध्यक्ष जनकदीप पराजुली , प्राबिधिक संघका अध्यक्ष पुस्कर लामा , कमेडियन दिनेश काफ्ले लगायत पुगेका थिए । सबैलले चलचित्र ‘यो मन त मेरो नेपाली हो’ विश्वभर रहेका हरेक नेपाली हेर्नुपर्ने बताए ।
फिल्मका मुख्य कलाकारहरु विजय बराल, रोशन श्रेष्ठ, विल्सनविक्रम राई,आयुशा समाल, बुद्धि तामाङले प्रिमियरमा उपस्थितिले चलचित्रको खुलेर तारिफ गर्दा चलचित्र चल्नेमा आफुहरु ढुक्क रहेको बताए । चलचित्रका निर्देशक मित्र प्रधान ९नर० ले चलचित्रको प्रिमियरमा पाएको प्रतिक्रियाले आफुलाई हौसला मिलेको बताए ।

पद्यमा इश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ लाई ज्ञान बहादुर प्रधान ९रोशन० ले निर्माण गरेका हुन् ।चलचित्रमा नारायण खाती,भुपेन्द्र लिङ्देन “मन्त्री”, सुबास भन्डारी, बिजय सुब्बा,बिजिता परियार , देवराज राजबन्शी, भानुभक्त सिटौला लगायतको पनि अभिनय रहेको छ।

मित्र प्रधान (नर)को निर्देशन रहेको यस चलचित्रमा शिवम् अधिकारीको लेखन रहेको छ । सौरभ लामाको छायांकन ,देव महर्जन द्वन्द्व ,समिर मियाको भिएफएक्स ,कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी , सम्पादक बनिश शाह तथा सिजिआई सत्यम राना रहेको छ ।
दिपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राईको चलचित्रमा संगीत रहेको छ भने दिपक शर्मा , विल्सन विक्रम राई,शंकर अधिकारी घायलको शब्द तथा खैजडी गीतमा अनिश अधिकारीको शब्द संकलन रहेको छ ।चलचित्रलाई आर आर फिल्मसले वितरण गर्दैछ।


