सांस्कृतिक पहिरनमा धिरज, उपासना चिटिक्कै

२०८१ आश्विन २, बुधबार ०६:०३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

असोज ३ बाट प्रदर्शनमा आउने फिल्म खुस्माको मंगलबार साँझ कमलपोखरीस्थित बिग मूभिजमा गरीएको प्रिमियर शोमा चलचित्रका मुख्य कलाकार धिरज मगर र उपासना सिंह ठकुरी मगर सांस्कृतिक पहिरनमा चिटिक्कै परेर पुगे । पछिल्लो समय आफ्नो सांस्कृतिक पहिरनलाई प्राथमिकता दिएर कलाकारहरु कार्यक्रममा पुग्ने गर्दछन् । त्यसो त खुस्मा प्रिमियरमा सांस्कृतिक पहिरनमानै बाजागाजा सहित प्रिमियरलाई सजाइएको थियो ।
फिल्मको प्रिमियर शोमा रुकुमका स्थानिय बासिन्दा सहित प्रतिनिधि सभा सांसद ज्ञानेन्द्र शाही, निर्देशक निश्चल बस्नेत, रामबाबु गुरुङ, घनश्याम लामिछनाने, कोरियोग्राफर तथा निर्देशक रेनेशा वान्तवा राई, लेखक प्रदीप भारद्धाज, निर्माता रोहित अधिकारी, सरोज न्यौपाने, अभिनेताद्धय सलिनमान बनियाँ र आर्शिवाद क्षेत्री, अभिनेत्री गौमाया गुरुङ, पशुपति राई, लुनिभा तुलाधर लगायतको उपस्थिति थियो।

निर्देशक अशोक थापा मगरको निर्देशकिय पक्ष तथा अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको अभिनयको तारिफ सबैले गरे फिल्म हेरेपश्चात । अधिकांशले फिल्मको कथालाई माओवादी द्धन्द्वको असर भोग्ने सवैले आफैलाई परेको महसुस गर्ने अनुभव सुनाए ।प्रतिनिधि सभाका सांसद ज्ञानेन्द्र शाहीले खुस्मा फिल्म जस्तो नभई एउटा दस्तावेज जस्तो भएको बताए। सशस्त्र द्धन्द्वकालको कथामा निर्माण भएको यो फिल्म एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको हो। फिल्ममा लेखन तथा निर्देशन अशोक थापा मगरकै छ।

विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर निर्माता रहेको यो फिल्मको सह(निर्माता सुस्मिता बुढाथोकी हुन् । दिपक बज्राचार्यले फिल्मको छायांकन गरेका हुन ।फिल्ममा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन ९खबपु०, सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित फिल्मले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ । एसडी योगी र छान्जु पार्क ९कोरियन०को संगीत, सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय