दिपकराज गिरीलाई पर्छान आएको हैन ज्वाइँ साब -जितु नेपाल

२०८१ भाद्र २६, बुधबार १७:१० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कलाकार जितु नेपालले दिपकराज गिरीलाई पर्छानका लागि असोज २४ गते ज्वाइँ साब’ चलचित्र प्रदर्शन गर्न नलागेको स्पष्टीकरण दिएका छन् । उनले दिपकराज गिरी चलचित्र क्षेत्रको खम्बा हो छक्कापन्जा एउटा ब्रान्ड हो तर एउटै टिमबाट छुटेपछि जितुले इगोका कारण एउटै मितिमा चलचित्र जुधाएको हल्लाको अर्थ नरहेको नेपालको भनाई छ । जितुले भने सुर्यलाई हत्केललाले छेक्दैन दिपकराज गिरीलाई पर्छान आएको हैन मिति नमिलेका कारण संजोगले आफुले खेलेको फिल्म ज्वाइँ साब’ एउटै मितिमा आएको बताए ।
असोजको २४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘ज्वाइँ साब’को पहिलो गीत ‘कसम बत्तीको’ सार्वजनिक कार्यक्रममा जितु नेपालले स्पष्टीकरण दिएका हुन ।

सार्वजनिक गीतमा निशान भट्टराई र समीक्षा अधिकारीको स्वर, यादव लम्सालको शब्द, अर्जुन पोखरेलको संगीत छ ।दशैंको फूलपातीमा रिलिज हुन लागेको यो फिल्मलाई बसन्त निरौलाले निर्देशन गरेका हुन् । सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू जितु नेपाल र नीति शाहले नृत्य गरेका छन् । बिहेको परिवेशलाई समावेश गर्दै यो गीतको भिडियो तयार पारिएको छ । विजय बस्याल कार्यकारी निर्माता रहेको यो फिल्ममा मिनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ ।

राजकुमार पण्डितको प्रस्तुतिमा तयार भएको फिल्ममा बुद्धि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, निमा पाण्डे, शिशिर वाङ्देल, कविता आले, दीपक आचार्य, राजकुमार पण्डित, कमलमणी नेपाल, प्रकाश घिमिरे, दीपक अधिकारी, राजेन्द्र नेपाली, सीपी पौडेल, विश्व मुखिया, सुमन राई, रोशन नेपाल, सुनिल तामाङ, नविन काफ्ले, शिवु पाण्डे लगायतका कलाकारहरुको अभिनय छ ।

अर्जुन पोखरेल र महेश ताम्रकारको संगीत रहेको फिल्ममा संजय थापाको एक्सन, श्याम तामाङको छायांकन, सन्देश शाहको सम्पादन छ ।
रेड आई फिल्मस्को प्रस्तुति र मौसम फिल्मस्को सहकार्यमा यो फिल्म निर्माण भएको हो । फिल्मका प्रोडक्सन कन्ट्रोलर अनिस अधिकारी हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय