नायक धिरज आफ्नै जन्मदिनमा रोए

२०८१ भाद्र २६, बुधबार १६:५३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नायक धिरज मगर मंगलबार फिल्म ‘खुस्मा’को ट्रेलर रिलिज कार्यक्रममा भक्कानिएर बोल्नै सकेनन् । मंगलबार धिरजको जन्मदिनको अवसर पारेर फिल्म युनिटले ट्रेलर रिलिज गर्यो । रुकुममा जन्मिएका धिरज दुई बर्षको उमेरमा परिवारसहित युके पुगेका थिए । फिल्म ‘खुस्मा’को छायांकन रुकुम मैकोटमा भएकाले धिरज आफू जन्मिएको ठाउँमा फर्किए । आफूलाई स्थानीय बासिन्दाले निकै प्रेम दिएको भन्दै धिरज भक्कानिए ।

उनले भने–‘जन्मदिनमा मलाई खुस्मा फिल्म उपहार दिनु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु । यो फिल्मले गर्दा म आफ्नो गाउँ फर्किन पाएँ । दुई बर्षको हुँदा म युके गएको हुँ । जब म रुकुमको टक्सेरा गाउँ गए, मलाई त्यहाँ माया गर्ने बाजे, मामा–माइजु, काका–काकीलाई भेट्न पाएँ । म युकेबाट आफ्नो गाउँलाई चिनाउन चाहन्छु । म केही हदसम्म यो कुरामा सफल भए कि भन्ने लाग्छ ।’

धिरजले आफ्नो परिवारलाई सम्झिए । आफ्नो पहिलो फिल्म ‘इन्टु मिन्टु लण्डनमा’की निर्देशक रेनशा वान्तवा राई र निर्माता प्रज्ज्वल शमशेर जबरालाई पनि सम्झिए ।

धिरजको जन्मदिनको अवसर पारेर निर्माणपक्षले केक समेत काटेर सेलिव्रेशन गरेको थियो । असोजको ३ गतेबाट देशभरका हलमा रिलिज हुने खुस्मा फिल्ममा धिरज मगर र उपासना सिहं ठकुरी लिड रोलमा रहेका छन् । फिल्मको रुकुमैकोट गित चर्चामा रहेको छ ।
मै

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय