बालेनले ओलीलाई ४९ हजार ६१४ मतले पराजित गर्दै बिजयी

२०८२ फाल्गुन २३, शनिबार १२:३६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट


प्रतिनिधि सभा निर्वाचन अन्तर्गत पूर्वप्रधानमन्त्री नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई झापा–५ मा बालेन साहले भारी मतान्तरले पराजित गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र (बालेन) साह ६८ हजार ३४८ मतसहित निर्वाचित हुँदा उनका मुख्य प्रतिस्पर्धी ओली १८ हजार ७३४ मतमा सीमित भए । बालेनले ओलीलाई ४९ हजार ६१४ मतले पराजित गरेका हुन् ।
श्रम संस्कृति पार्टीका समिर तामाङ तेस्रो स्थानमा रहे भने नेपाली कांग्रेसकी मंधरा चिमरिया चौथो स्थानमा रहिन् । झापा–५ बाट ओली पटक–पटक निर्वाचित हुँदै आएका थिए भने बालेन पहिलो पटक संसदीय निर्वाचनमा उम्मेदवार बनेका हुन् ।

बालेनलाई रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर निर्वाचन प्रचारप्रसार गरेको थियो । यसअघि काठमाडौँ महानगरपालिकाको मेयर रहेका बालेन प्रतिनिधि सभा निर्वाचन घोषणा भएपछि राजीनामा दिएर संसदीय यात्राको तयारीमा जुटेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय