
नर्सरी व्यवसायी संघ नेपालले पुष्प, फलफूल, कृषिवन तथा जडिबुटी नर्सरीका उत्पादनलाई लक्षित गर्दै ‘तेस्रो तिहार फ्लोरा एक्स्पो २०८२’ भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ ।
असोज २८ गतेदेखि कार्तिक १ गतेसम्म चल्ने यस पाँच दिवसीय प्रदर्शनी ‘तिहारको उत्सव, फूलको महोत्सव’ भन्ने नाराका साथ आयोजना गरिने संघले आज पत्रकार सम्म्मेलन गरि जानकारी गराएको हो । कार्यक्रममा मेला संयोजक लक्ष्मी महर्जनले प्रदर्शनीले उद्यमी व्यवसायीको मनोबल बढाउने मात्र नभई नर्सरी व्यवसायमा रुचि राख्ने नव–उद्यमी, अनुसन्धानकर्ता र अध्ययनरत व्यक्तिहरूका लागि बृहत् साझा मञ्चको रुपमा काम गर्ने बताईन ।

संयोजक महर्जनले देशमा बढ्दो राजनीतिक अस्थिरताले उद्यमी व्यवसायीको मनोवल कमजोर बनाएको भन्दै, व्यवसायिक वातावरण सुदृढ बनाउने सबै पक्षको जिम्मेवारी भएको बताइन् । सबैलाई सहयोग गर्न मेला सयोजक महर्जनको आग्रह गरीन।
कार्यक्रममा संघका अध्यक्ष रामजी प्रसाद तिमिल्सिनाले अहिलेको कठिन समयमा पनि कृषि तथा नर्सरी ब्यवसायीहरुले उत्पादन गरेको फुल तथा बिरुवाहरुको प्रदर्शनले उपभोक्ताहरुलाई फाइदा पुग्ने बताए ।

।तेस्तै सघका वरिष्ठ उपाध्यक्ष रबिन गौतमले तिहार फ्लोरा एक्स्पोलाई सबैले सहयोग गरिद्न अनुरोध गरे ।
संघले आर्थिक मन्दीले सुस्ताएको हरित अर्थतन्त्रमा संलग्न उद्यमी तथा व्यवसायीलाई प्रोत्साहन दिन र स्वदेशी उत्पादन प्रवर्द्धन गर्न मेला आयोजना गर्न लागेको जनाएको छ ।

प्रदर्शनीमा फूल फुल्ने र नफुल्ने आलङ्कारिक बिरुवा, कृषि तथा वनस्पती, जडिबुट्टी र फलफूल नर्सरीका विविध प्रजातीका बोटविरुवा राखिनेछन्। साथै मलखाद, अर्गानिक तथा रासायनिक विषादी, बिउ, औजार–सामग्री र प्रविधि प्रदर्शन लगाएत अफिसियल स्टल गरि ७० स्टल रहनेछ।
मेला पाँच दिनमा करिब ३५ हजार अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा गरिएको छ भने ७० लाखभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको छ। सर्वसाधारणका लागि प्रवेश शुल्क प्रति व्यक्ति रु. १०० र विद्यार्थी तथा जेष्ठ नागरिकका लागि रु. ५० तोकिएको छ।
नर्सरी व्यवसायी संघ नेपालले व्यवसायिक क्षमताको प्रवर्द्धन र प्रतिस्पर्धालाई प्रोत्साहित गर्न शिल्ड, नगद र प्रमाणपत्रद्वारा व्यवसायीहरुलाई पुरस्कृत गर्नेछ। मूल्याङ्कनको लागि कृषि बागवानी विज्ञ, वनस्पती विज्ञ र पुष्प विकास केन्द्रका प्रमुखसहित ३ सदस्यीय मूल्याङ्कन समिति गठन गरिएको छ।
तेस्रो तिहार फ्लोरा एक्स्पो २०८२ को प्रवर्धक संस्था पुष्प विकास केन्द्र र वनस्पती विभाग रहेको छ भने सेवा म्यानुफयाक्चरिङ, अर्गानिक बायो फर्टिलाइजर प्रा.लि., ग्रिस्मा नर्सरी, उदय गार्डेन र एभरेष्ट फ्लोरिकल्चर विशेष सहयोगीका रुपमा सहभागी छन्।

