
लामियन यमालले ह्याट्रिक गरेपछि स्पेनिस ला लिगा फुटबलमा शीर्षस्थानको बार्सिलोनाले अग्रता बढाएको छ ।
शनिबार राति भएको खेलमा भिलारियलमाथि ४-१ को जित निकाल्दै बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडसँग अंकदूरी बढाएको हो । बार्सिलोनाको २६ खेलमा ६४ अंक भएको छ भने एक खेल कम खेलेको रियलको ६० अंक छ ।
घरेलु मैदानमा बार्सिलोनाको जितमा यमालले २८औं, ३७औं र ६९औं मिनेटमा गोल गरेका थिए । १८ वर्षीय यमालले करियरकै पहिलो ह्याट्रिक गरेका हुन् । यस्तै ला लिगामा ह्याट्रिक गर्ने शताब्दिकै सबैभन्दा कान्छा खेलाडी बनेका छन् ।


