
नेपाली सौन्दर्य कर्मीहरुको राष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगिता व्युटिसियन नेपालको दशौ संस्करण शनिवार राजधानीको म्युजिक सिटी स्टुडियोमा सम्पन्न भएको छ । हिमालयन मुभिज प्रडक्सन हाउसद्वारा आयोजित सो प्रतियोगितामा श्रृजना गुरुडले बिजेता बनीन् । हिता कुमारी मैनाली फस्ट रनअरप तथा पुष्पा राई सेकेन्ड रनअरप भएका छन् ।
अवार्ड बिजेता फेसन कोरियोग्राफर हिमानी सुब्बाको कोरियोग्राफिमा प्रतियोगीहरुले आकर्षक नृत्यसंगै कार्यक्रमको सुरुवात भएको थियो । ब्राइडल थिममा सम्पुर्ण प्रतियोगीहरुले दुलहीको भेषमा आफुलाई स्टेजमा उतारेका थिए । रोसनी लामाले बेष्ट ब्राईडल को उपाधि जितिन् ।
नेपाली सौन्दर्यकर्मीको प्रतिभा प्रस्फुटनको राष्ट्रिय स्तरको यो कार्यक्रममा व्युटिसियिनको कलाप्रतिभाहरु बिबिध बिषयमा प्रस्तुत प्रतियोगितामा रोसनी लामा बेष्ट नेल आर्ट ,सबिना ब्लोन बेष्ट जुरो, पुष्पा राई बेष्ट मिडिया मेकअप जित्न सफल भएकी थिईन । कार्यक्रममा
बिभिन्न सबसाईटल अवार्डहरु समेत बितरण गरिएको थियो , मोस्ट स्मार्ट बिभा राई,मोष्ट एक्टिभ पासाड। ल्हामु शेर्पा , मोष्ट डिलिजेन्ट सृष्टी सुनार, मोष्ट कन्फडिेन्ट श्रृजना गुरुड, मोष्ट डिलाईटफुल स्मृति गुरुड।,बेष्ट स्कीन उषा साउद,बेष्ट फोटोजेनिक , सबिना दुधराज,मोष्ट ग्रेसफुल हिता कुमारी मैनाली , मोष्ट प्यासोवेट रेविका बि के , मोष्ट ईलिगेन्ट जुना भण्डारी , मोष्ट पपुलर मलिटमिडिया जुना भण्डारी हुन सफल भएका थिए ।
प्रतियोगिताको निर्णयक मण्डलमा व्युटिसियन नेपाल २०२० सजना खतिवडा,मिसेस क्यापिटल क्वीन लक्ष्मी भुसाल , पर्मानेन्ट मेकअप आर्टीष्ट, रोजी श्रेष्ठ,नायिका मोडल सुष्मा अधिकारी र नायक अभिनेता मनिष राउत रहेका थिए । व्युटीयिनहरुको उक्त सौन्दर्य प्रतियोगितमा नेल आर्ट ,मेकअप,मिडिया मेकअप,जुरो हाईड्रा फेसयिल लगायतका बिषयहरुमा समेत प्रतिस्पर्धा भएको थियो । हिमालय मुभिज द्वारा आयोजना भएको कार्यक्रमको एक दशक लामो संस्करण नेपाली व्युटिसियनहरुको क्षमता , प्रतिभाहरु प्रस्फुटन गराई सौन्दर्य क्षेत्रको बृदि बिकासमा टेवा पुर्याउने उदेश्यले गरिएको हिमालयन मुभिज प्रडक्सन हाउसले जनाएको छ ।