पिंक केयराथन २०२६ मा हजार बढी महिलाहरुको सहभागिता

२०८२ फाल्गुन ३०, शनिबार ११:४३ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

महिला स्वास्थ्यको लागि लेजरपोर्ट नेपालद्वारा आयोजित काठमाडौं पिंक केयराथन २०२६ शनिबार बिहान जावलाखेल फुटबल मैदानमा सम्पन्न भएको छ। महिला सशक्तिकरण तथा स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
जावलाखेल ग्राउन्डमा बिहान ६ बजे जुम्बा सत्रबाट सुरु भई त्यसपछि विभिन्न दूरीका दौड प्रतियोगिता सञ्चालन गरिएको थियो। प्रतियोगितामा २१ किलोमिटर हाफ म्याराथन, १० किलोमिटर दौड तथा ५ र ३ किलोमिटरका फन रन समावेश गरिएको थियो।

हाफ म्याराथनतर्फ सन्तोषी श्रेष्ठ ९नेपाल रन, धादिङ० प्रथम, राज्यलक्ष्मी रावल नेपाल आर्मी० द्वितीय र सरस्वती भट्टराई ९नेपाल आर्मी० तृतीय भएका छन्। त्यस्तै १० किलोमिटर दौडतर्फ निर्मला केसी ९नेपाल आर्मी० प्रथम, आशा राउत ९सशस्त्र प्रहरी० द्वितीय र सुमित्रा चौधरी ९नेपाल प्रहरी० तृतीय भएका छन्।
हाफ म्याराथनका विजेताहरुलाई क्रमशः ५१ हजार, ३१ हजार र २१ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो। १० किलोमिटर दौडका विजेतालाई क्रमशः ३१ हजार, २१ हजार र ११ हजार रुपैयाँ नगद पुरस्कारसहित विभिन्न उपहार प्रदान गरिएको आयोजकले जनाएको छ। ५ र ३ किलोमिटर फन रनतर्फ उत्कृष्ट १०र१० जनालाई आकर्षक उपहार प्रदान गरिएको थियो। बिभिन्न क्षेत्रका सहभागि महिलाहरुले महिलाको स्वास्थ्यप्रती सचेतना फैलाउन यस्ता कार्यक्रमले सहयोग गरेको बताउदै खुशी ब्यक्त गरे ।

कार्यक्रममा मुम्बईबाट आएका गायक जनिष्ट जोशीले सांगीतिक प्रस्तुति दिएका थिए। अध्यक्ष नमराज जोशीका अनुसार सन् २०१७ देखि निरन्तर आयोजना हुँदै आएको उक्त कार्यक्रममा यस वर्ष एक हजारभन्दा बढीको सहभागिता रहेको थियो।
फोटो फिचर :

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय