
नर्सरी ब्यवसायीसंघ नेपालको दोश्रो साधारण सभा सम्पन्न भएको छ । शुक्रबार नर्सरी ब्यवसायी संघले दोश्रो साधरणसभा गर्दै नर्सरी ब्यवसायलाई समृद्ध गर्न लागि परेको बताएको छ । कृर्षि मन्त्री रामनाथ अधिकारीले साधारण सभाको उद्घाटन गर्दै संघले प्रस्ताव गरेको बजेट आफुले बिनियोजन गर्न नसकेकोमा दुखेसो पोखे । मन्त्री अधिकारीले आफु मन्त्री भैरहंदा संघलाई सहयोग गर्ने र प्रोत्साहित गर्ने प्रतिबद्धता भने जनाए । आयातित फुल बिरुवालाई निरुत्साहित गर्न नर्सरी ब्यवसायले उत्पादनमा जोड दिन पर्ने भन्दै मन्त्री अधिकारीले ब्यवसायीहरुलाई सुझाव दिए ।

कार्यक्रममा संघका अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले संघले ब्यवसायीहरुकै लागि गर्दै आएको मेलाहरुमा बजेट छुटटाउन सरकारलाई आग्रह गर्दै आफुहरुले गर्दै आएको मेलाहरुमा सहयोगी तथा प्रायोजकहरुकै अभावले समस्या परेको गुनासो गरे । कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष रविनकुमार गौतमले नर्सरी ब्यवसायीहरुलाई परेको समस्याहरु प्रस्तुत गर्दै समाधानको लागि पहल गर्न सरकारलाई आग्रह गरे । कार्यक्रममा नर्सरी ब्यवसायसंग सम्बन्धीत ब्यक्तित्वरुले शुभकामना ब्यक्त गरेका थिए ।