पाठेघर क्यान्सर,रजनोबृत्ति सचेतना तिज ,आमा बन्दा थरीथरीका अनुभव

२०८२ भाद्र ७, शनिबार ०५:३५ ,प्रकाशित
अनुमानित पढ्ने समय : 4 मिनेट

पाठेघरको क्यान्सर र रजनोबृत्ति बारे सचेतना अभियान को दोश्रो संस्करण सम्पन्न भएको छ। गोपीकृष्ण कामाख्या मिडिया कम्पनीले हिन्दु महिलाहरुको चाड तीजको उपलक्ष्यमा महिलाहरुको शाररिक स्वास्थ्यको विषयमा जनचेतना जगाउनका शुक्रबार राजधानी स्थित दुसित प्रिन्सेजमा महिलाहरुको जनचेतनाको लागि कार्यक्रम गरेको हो , “तीजलाई कारणसहित मनाउनुहोस्, पाठेघरको मुखको क्यान्सर र रजोनिवृत्तिको बारेमा कुरा गरौं“ थिम सहित आयोजना गरेको कार्यक्रममा दुई भागमा प्यानल डिस्कसन राखएको थियो ।

नेपाल क्यान्सर केयर फाउन्डेसनको सहकार्यमा आयोजना गरिएको प्यानल डिस्कसनमा, सहजीकरण नायिका निशा अधिकारीले गरिन भने बक्ताहरुमा नेपाल क्यान्सर केयर फाउन्डेसनको निर्देशक डा सरिता घिमिरे, प्रथम नायिका भुवन चन्द , नायिका रेजिना उप्रेती,र पशुपति स्कुलकि शाररिक शिक्षाकि शिक्षिका सवी कोइराला र क्यान्सर रोगबाट आफुलाई बचाउन सफल एक अनुभवी व्यक्तिले अनुभब पनि राखेका थिए।चलचित्रकी प्रथम नायिका भुवन चन्दले अनुभव सुनाउँदै कामको व्यस्तताले गर्दा महिनावारी रोकीएको पत्तै नपाएको बताउनु भयो । कामको व्यस्तताले आफ्नो ध्यान केन्द्रित नभएको बताउनु भयो ।


नायिका रेजिना उप्रेतीले सुरुमा आफू महिनावारी हुँदाको अनुभव सुनाउँदै चलचित्रको काममा व्यस्तता भएका कारण त्यस्तो कठीन महसुुस नभएको बताउनु भयो ।हालको समयमा चाँही महिनावारीको महसूस फरक किसिमको भोगाइ रहेको उल्लेख गर्नु भयो । अहिले आफ्नो व्यवहारमा पनि परिवर्तन आएको बताउनु भयो । यस समयमा शान्त ठाउँमा बस्न मन लाग्ने गरेको अनुभव सुनाउनु भयो ।
डाक्टर सरीता घिमिरेले महिलाले मनोपोजको अनुभव गर्ने ४५ वर्षदेखि माथिको उमेरमा रहेको र ८५ प्रतिशत महिलाहरुमा हुने गरेको बताउनु भयो । आफ्नो समस्या भन्नका लागि लजाउन नहुने बताउनु भयो । महिलाहरुलाई हुने क्यान्सरका विषयमा जानकार हुनुपर्ने बताउनु भयो । क्यान्सर र महिनावारी सुक्ने समय धेरै रक्त श्राप हुने हुँदा सतर्क रहन पनि आग्रह गर्नु भयो । महिलालाई क्यान्सको उपचार गर्दा आफ्नो शरीरले कसरी रेसपोन्स गर्छ भन्ने कुरामा निर्भर रहने बताउनु भयो ।


रमा ढुंगानाले आफूलाई क्यान्सर लागेको समयको अनुभव सुनाउनु भयो । क्यान्सर लागेको यदि समयमा थाहा हुन सकेमा मजाले रोकथाम गर्न सकिने बताउनु भयो । केही नभइ गएको मान्छे डाक्टरले एक्कासी पाठेघरको क्यान्सरको भएको भन्दा झन् बिरामी भएको महसूस गरेको भन्दै माानसिक रुपमा पनि शक्तीशाली हुनुपर्ने बताउनु भयो । त्यसकारण डाक्टरको मा आफ्नो नियामित जाँच गर्नुपर्ने सुझाव पनि दिनुभयो । महिलाहरुलाई भोलिका दिनमा हुने पाठेघरको क्यान्सर अगाडि नै देखिने भएकाले बेलैमा जाँच गर्नुपर्ने बताउनु भयो । यस्तो समयमा परिवारको सकरात्मक बुझाइ पनि एकदम आवश्यक रहेको बताउनु भयो ।
शिक्षिका सवी कोइरालाले पाठेघरको मुखको क्यान्सरमा अभिभावकहरु नै सचेत हुनु पर्ने बताउनु भयो । सरकारले ल्याएको खोपको बारेमा अभिभावकहरुले बुझ्न नसकेको बताउनु भयो । खोपको बारेमा अभिभावकहरु नकरात्मक भ्रममा रहेको उल्लेख गर्नुभयो । सबै अभिभावकले छोरीहरुलाई निर्धक्क खोप लगाउनका लागि आग्रह पनि गर्नु भयो । साथै यो सुविधा निजी तथा सामुदायिक दुबै अस्पतालमा रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागी लाक्पाफुटी शेर्पाले बच्चा जन्माउँदा पाठेघरमा देखिएको समस्या र समाधानको अनभव सुनाउनु भयो ।
त्यस्तै विपूला पोखरलले पनि एचभीपी खोप सम्बन्धि जिज्ञासा राख्नु भयो ।
अन्य सहभागीहरुले पनि मनोपोजको विषयमा प्रश्न गरेका थिए । मानसिक रुपमा देखिएका समस्याका बारेमा छलफल भएको थियो । महिलाहरुले आफ्नो स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्ने डाक्टरहरुको सुझाव छ । महिलाहरुले तीस वर्ष पुगेपछी स्वास्थ्यलाई ध्यान दिन डक्टरहरुले सुझाव दिए । कार्यक्रममा भ्याक्स्नि लगाको भन्दै शत प्रतिशत सुरक्षित नभएको सुझाव डक्टरहरुले दिए ।
नारी टि भीका अध्यक्ष निकिता पौडेलले “तीजको सांस्कृतिक समृद्धिलाई रजोनिवृत्ति र पाठेघरको मुखको क्यान्सरसम्बन्धी सचेतनाको महत्वपूर्ण विषयसँग जोडेर हामीले महिलालाई ज्ञानका साथ सशक्तिकरण गर्ने र प्रजनन स्वास्थ्यमा पहुँच विस्तार गर्ने लक्ष्य लिएको बताउनु भयो ।

“मेरो मातृत्व” बिषयको प्यानल डिस्कसनमा सहजकर्ता सन्ध्या थापाले सफल मेरो मातृत्व को सूत्रको बिषयमा चर्चा गर्नुभएको थियो, वक्त्ताहरुमा मिडिया पर्सन तथा महिला नेता सरिता श्री ज्ञवाली, कलाकार, मिडिया पर्सन तथा साल्ट कि फ़ाउण्डर सन्ध्या के सी र नायिका उषा रजकल हुनुहुन्थ्यो। उहाँहरुले आमा बन्दाको अनुभब सुनाउदै आमा बन्दा विशेष लागेको बताउनुभयो।
साथै कलाकार अनि उद्यमी सन्ध्या के सीले पनि “मेरो मातृत्व “ अन्तर्गत रही आफ्नो मातृत्व अनुभव समावेश गर्नु भयो । आफ्नो ६ महिनाको बच्चा हुँदा आफूमा कुनै शारीरिक मानसिक रुपमा परिवर्तन नभएको बताउनु भयो । आफूले गरेको कामलाई अझ अब्बल भएर गरेको समेत अनुभव सुनाउनु भयो । सुरुमा बच्चा हातमा राखिदिँदा फरक अनुभव भएको बताउनु भयो । आफू गर्भवती हुँदा ९ महिना सम्म कसरत ,व्यायामहरु ग्रिहेकोले कुनै शरीरीक रुपमा नमोटाएको बताउनु भयो । आमा बन्नका लागी कुनैपनि खानेकुरा र कामहरुलाई त्याग नगरेको बताउनु भयो । मातृत्व मानसिक तनाव नभइ मनोरन्जन गर्ने समय भएको उल्लेख गर्नुभयो । आमा बनिसकेपछी कुनै चिज गुमाएकी भनेर पश्चताप गर्न नहुने समेत बताउनु भयो ।


त्यस्तै गरी संचारकर्मी सरिता श्री ज्ञवालीले आमा बन्दा दुख सुख खूशी रिस सबैको अनुभव , सुत्केरीमा मानसिक तानाव नभइ मनोरञ्जन गरेको बताउनु भयो । उसा रजकले आफू बिदेशमा रहेर मातृत्व ग्रहण गरेको सुनाउदै देशमा आमा बन्नका लागि तालिम नै दिएको हिसावले आफूलाई आमा बन्न सहज भएको अनुभव सुनाउनु भयो । नेपालमा सुत्केरी हुँदा ,गर्भवती हुँदा ख्याल गर्ने विषयमा हाम्रा अग्रजहरुले भन्नु भएको कुरा एकदम सही र सकरात्मक भएको बताउनु भयो । सुत्केरी हुँदा आफूले कुनै खानेकुरा पनि नबारेको बताउनु भयो । आमा भइसकेपछी महिलालाई समाजले फरक किसिमले व्याख्या गरेको उल्लेख गर्नुभयो । चलचित्र क्षेत्रमा झन् महिलाहरुको शरीरिक बनावटले गर्दा नै काम गर्न असहज हुने गरेको बताउनु भयो ।
करिब एक सय महिला उद्यमी तथा कलाकारको उपस्थिति बीच, पाठेघरको मुखको क्यान्सर र रजोनिवृत्तिको विषयमा एक घन्टाको प्यानल डिस्कसन सहित हेल्थ काउन्सिल समेत रहेको कार्यक्रममा सचेतना संगै सबैले तिज मनाए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय