‘ छैठौं राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी २०८२ ’मंसिर १२ मा

२०८२ भाद्र ५, बिहीबार ०४:४३ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

नेपालको कृषि तथा पशुपन्छीपालन क्षेत्रलाई यान्त्रिकरण, औद्योगिकरण, आधुनिकीकरण तथा व्यवसायीकरण गर्न टेवा पु्र्याउने उद्देश्यले राजधानी काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा मंसिर १२, १३ र १४ गते ‘ छैठौं राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी ( २०८२ ’ आयोजना हुने भएको छ । नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि विभाग मातहत कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र र नेपाल कृषि मेसिनरी व्यवसायी संघ ९ नामिया ० को संयुक्त आयोजनामा हुने प्रदर्शनी ‘ कृषिमा यन्त्र र प्रविधि स् कृषक र राष्ट्रको समृद्धि ’ भन्ने मूल नाराका साथ सञ्चालन हुने आयोजकले जानकारी दिएका छन् ।

संघका अनुसार उक्त प्रदर्शनीमा आधुनिक कृषि, पशुपन्छीपालन, मत्स्यपालन, डेरी, पुष्प खेती, व्यावसायिक तरकारी खेती, सिंचाई, पोस्ट ( हार्भेस्ट, कोल्ड स्टोर, प्रशोधन तथा बजारीकरणसँग सम्बन्धित नवीनतम प्रविधि, यन्त्र, उपकरण र बीउविजनसमेत राखिने छ ।

यसैगरी, उक्त प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका उत्पादक र विक्रेताहरुको सहभागिता रहने छ । उक्त प्रदर्शनीमा करिब १ सय ५० प्रदर्शनीकर्ताहरु सहभागी हुने र करिब २० वटा मुलुकका २ सय भन्दा बढी स्टलमार्फत २ हजार भन्दा बढी प्रकारका कृषि औजार, उपकरण, यन्त्र र प्रविधि राखिने अनुमान गरिएको छ । साथै, नेपाल कृषि मेसिनरी व्यवसायी संघका सदस्यहरूलाई विशेष छुटको व्यवस्था समेत हुने छ । प्रदर्शनीको लागि भदौ ४ गते, बुधबार बाट बुकिङग् खुल्ला गरिने आयोजकले जनाएको छ । आयोजकका अनुसार उक्त प्रदर्शनीमा निःशुल्क अवलोकन गर्न पाउने छन् । यसअघि नेपालमा ५ पटक राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी, एक पटक प्रादेशिक कृषि यान्त्रिकरण प्रदर्शनी र एक पटक अन्तराष्ट्रिय एग्रीटेक प्रदर्शनी सफलतापूर्वक सम्पन्न भईसकेको छ ।

छैठौं राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनीको उद्देश्य :
८ कृषि यन्त्र तथा प्रविधि सम्बन्धि विभिन्न क्षेत्रमा काम गरिरहेका उत्पादक, आयातकर्ता, वितरक, सेवा प्रदायक, नीति र निर्माता, कृषि विज्ञ र कृषकहरुबीच समन्वय र सहकार्यको वातावरण सृर्जना गर्न
८ उपभोक्ता तथा नीति र निर्माताहरुलाई कृषि यान्त्रिकरण सम्बन्धि नविनतम प्रविधिहरुको जानकारी गराउन
८ कृषि यन्त्र तथा उपकरणहरुको प्रचार ( प्रसारमा वृद्धि गरी कृषि यान्त्रिकरण प्रवद्र्धनमा सहयोग पुर्याउन
८ व्यावसायीक कृषि प्रणाली सम्बन्धि चेतना अभिवृद्धि गर्न तथा लगानीको अवसर सिर्जना गर्न
८ कृषि यान्त्रिकरण, प्रविधि तथा सेवाको आन्तरिक बजार प्रवद्र्धनमा योगदान पुर्याउन
८ कृषि यान्त्रिकरण व्यवसायी र उपभोक्ताहरुबीच समन्वय गर्न, आदि ।

लक्षित प्रदर्शनीकर्ता :
८ कृषि औजार र उपकरणहरुको उत्पादक, उद्यमी, आयातकर्ता, वितरक, डिलर, सव ( डिलरहरु तथा अन्य व्यवसायीहरु,
८ सरकारी एवं गैर ( सरकारी संघ र संस्थाहरु,
८ कृषक समूह तथा सहकारी संस्थाहरु,
८ बैंक तथा वित्तीय संस्थाहरु,
८ अनुसन्धानात्मक संस्थाहरु,
८ शैक्षिक संस्थाहरु, आदि ।

लक्षित अवलोकनकर्ता :
८ विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता तथा वैज्ञानिकहरु,
८ कृषक, कृषक समूह तथा कृषि सहकारी संस्थाहरु,
८ सरकारी एवं गैर ( सरकारी संस्थाहरु,
८ सर्वसाधारण जनमानस,
८ उद्यमी व्यवसायीहरु,
८ नीति र निर्माता, आदि ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय