नमस्ते गर्ने अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्प भन्छन् -म मास्क लगाउदिन

२०७६ चैत्र २२, शनिबार ०२:२६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

राष्ट्रपति ट्रम्पले आफूले कहिले पनि मास्क नलगाउने बताएका छन्।

सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन सिडिसी ले हरेक अमेरिकीलाई घर बाहिर निस्कँदा मास्क लगाउन वा रुमाल वा सलले मुख छोप्न आग्रह गर्दै नयाँ स्वास्थ्य सुझाव जारी गरेको छ । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्क लगाउन अस्वीकार गरेका छन् ।

कोरोनाभाईरसको सन्त्रास विश्वब्यापी फैलीएपछि अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पश्चिमा संस्कृति छोडेर नमस्ते अभिवादन गर्न समेत थालीसकेका छन् ।

कोरोना भाइरस टास्क फोर्सको शुक्रबारको नियमित ब्रिफिङ्गमा राष्ट्रपति ट्रम्प मास्कबिनै प्रस्तुत भएका थिए । उनले मास्क लगाएर राष्ट्रपति कार्यालयमा हुने विभिन्न देशका राष्ट्रपति, प्रधानमन्त्री, डिटेक्टर, राजा, महारानीहरुसँगको भेटमा प्रस्तुत हुने कल्पनासम्म पनि गर्न नसक्ने बताए ।

राष्ट्रपति ट्रम्पले मास्कका सम्बन्धमा सिडसीले शुक्रबार जारी गरेको सुझाव स्वइच्छामा आधारित रहेको दाबी गरे ।

उनले भनेका छन्, ‘तपाईँहरुले पनि यसको पलना गर्नु पर्दैन । मलाई लाग्दैन कि मैले पनि यसको पलाना गर्ने छु ।’ यसो भनेर ट्रम्पले मास्क नलाउने र नलगाउन उक्साएका छन् ।

सिडिसीको यसअघिको सुझावमा बिरामी, बिरामीको स्याहार गरिरहेकाहरुले मास्क लगाउनु पर्ने उल्लेख थिए । तर नयाँ सुझावमा संक्रमण हुन नदिनका लागि आफ्नो अनुहार पनि छोप्नु राम्रो हुने उल्लेख छ ।

पत्रकार सम्मेलनको क्रममा पछिल्ला अध्ययन उद्धृत गर्दै संक्रमण तीव्र गतिमा फैलिनुमा लक्षण नदेखिएका संक्रमितको भूमिका अधिक रहेको बताएका ट्रम्पले आफूले मास्क लगाउन नसक्ने बताएका हुन् ।

अमेरीकामा कोरोना भाईरसबाट ७ हजार ३ सय ९२ जनाको मृत्यु भएको छ भने २ लाख ७७ हजार ८ सय ७५ संक्रमीत भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय