हिमश्रृंखला बन्दैछ कालापत्थर

२०८२ असार ४, बुधबार १९:५५ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

“हिउँ भए पो हिमाल नत्र त नागा पहाड र कालापत्थर” ,हिमालमा हिउँ पर्न बिस्तारै कम हुँदै गएको छ ।
पछिल्लो समय जलवायु परिवर्तनका कारण बिश्वकै अग्लो सगरमाथाको देश र हिमाल अर्थात माउन्टेन कन्ट्री भनेर चिनिने नेपालको हिमालमा हिउँ पर्न छोडेको छ । हिमश्रृङखलाहरु काला पत्थरमा परिणत हुदैछन । बिश्वब्यापी तापक्रम वृद्धिका कारण हिमालय क्षेत्रमा सकट आएको छ । अहिलेकै जस्तो गतिमा हिउँ पग्लदै गए अबको केही दशकमा हिमालमा हिउँ नै नदेखिने हिमालहरु कालापत्थरमा परिणत हुने बिज्ञहरुले बताएसकेका छन ।

रसुवा क्यन्जिङ गोम्पाका स्थानीयहरु समेत ४/५ बर्ष अगाडि कस्तो हिउँ पर्थ्यो अहिले पर्नै छोड्यो , येस्तै भयो भने त गाह्रो हुन्छ पानी नि हुदैन, सबैतिर पहिरो जान्छ भनेर चिन्ता ब्यक्त गर्छन । येति बेला हिमाल जोगाउनै गार्हो परिरहेको छ । हिउँको स्पर्श गर्न ससारभरबाट पर्यटकहरुको आगमन हुन्छ तर आज भोलि हिमालमा , आज हिउ पर्छ भोलिपल्ट बिलाइहाल्छ ।

पछिल्लो समय हिमनदी पग्लने क्रम तिन गुना बढेको विभिन्न तथ्यांकले देखाएको छ र प्रत्येक्ष अवलोकन गर्दाझनै नजिकबाट देखिन्छ । जलवायु परिबर्तन गराउने मुख्य कार्बन उत्सर्जन गराउन नेपालको नगन्य भुमिका छ । अन्तरास्ट्रिय समुदायमा औधोगिक बिकास सगै कार्बन उत्सर्जन बढेको र येस्ले गराएको जलवायु परिवर्तनको असर नेपालले खेप्नु परेको छ । अब एस्तै हुँदै जाने हो भने नेपालका हिम शृङ्खलाहरु काला पत्थरमा परिणत हुन धेरै समय लाग्दैन ,
जसको लागि सरकारले हिमाल जोगाउने , बन्यजन्तुलाई पानी उपलब्ध गराउन ठाउँ ठाउँ पोखरी निर्माण गर्ने , जलवायु अनुकुल बाताबरण निर्माण गरी कृषि प्रणालीलाई ध्यान दिन जरुर छ । साथै अन्तरास्ट्रिय स्तरको जलवायु तथा बाताबरण कोषमा नेपालले पहुँच पुर्याउनु आवश्यक छ ।

भिडियो

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय