हर्टिकल्चर एक्सपोमा शनिबार ५० लाखको कारोवार

२०८१ चैत्र २९, शनिबार १७:१२ ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

दोश्रो नेशनल हर्टिकल्चर एक्स्पो २०८१ मा शनिबार एकै दिन ५० लाखको कारोबार भएको आयोजक नर्सरी ब्यवसायी संघले जनाएको छ । बिहिबारबाट काठमांडौको भृकुटीमण्डपमा शुरु भएको एक्सपोको तेश्रो दिन शनिबार २० हजारले अवलोकन गरेको संघका अध्यक्ष राम्जीप्रसाद तिमिल्सिनाले जानकारी दिए । उनले भने “शनिबार सबैको फुर्सद पनि हुने र एकै ठाउमा आफुले चाहेको बोट बिरुवा कृर्षि औजार परामर्श सबै पाइने भएकाले आज धेरै भीड थियो ।” ७ सय बढी प्रजातीका आउटडोर इन्डोर बिरुवाहरु प्रदर्शनमा रहेकाले आफ्नो रोजाइ अनुसारका बिरुवा सजिलै एकै ठाउमा पाइने भएकाले अवलोकनकर्ताहरुको भीड लागेको एक्सपो संयोजक तथा संघका बरिष्ठ उपाध्यक्ष रविन कुमार गौतमले बताए ।


एक्स्पोमा देशभरिबाट पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि बन नर्सरी तथा जडिबुटी नर्सरीको ७०० भन्दा बढि प्रजातीका बोटविरुवाहरू प्रदर्शनी तथा विक्री वितरणको लागि राखिएको छ । साथै मलखाद, अर्गानिक एवं रासायनिक विषादी, विउ विजन, गमला, औजार उपकरण तथा प्रविधिहरूको समेत स्टल रहेको छ । मेलामा ७४ वटा व्यवसायीक स्टल, ३ वटा फुड स्टल, ७ वटा अफिसियल स्टल तथा प्रतिष्पर्धाको ५ वटा स्टल सहित जम्मा ९ वटा स्टल रहने छ । मेला अवलोकन गर्न सर्वसाधारणको लागि प्रवेश शुल्क प्रति व्यक्ति रु १०० र विद्यार्थीहरु र जेष्ठ नागरिकको लागि प्रति व्यक्ति रु ५० रहेको छ ।

दोस्रो नेशनल हर्टिकल्चर एक्स्पो–२०८१ को सह–आयोजक संस्थाहरु पुष्प विकास केन्द्र, वनस्पती विभाग, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, कृषि विभाग, पुल्चोक, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय बागमती प्रदेश रहेको छ । सहयोगी संस्था ए।जि।ए एग्रो कुमारी फ्लोरा फार्म, गौतम नर्सरी, सलोम एग्रीकल्चर, ग्रिस्मा नर्सरी र सृजना एग्रीकल्चर प्रा लि।, ए।बि।टि मोटर्स साथै मेला स्थल सजावटको लागि उदय गार्डेन सेन्टर प्रा।लि। र एभरेष्ट फ्लोरिकल्चर एण्ड भेजिटेवल फार्म रहेको छ । बिहिबारबाट आइतबार अर्थात चैत्र ३१ गतेसम्म चल्ने एक्सपोमा १ करोड २५ लाख बढिको कारोवार हुने अपेक्षा आयोजकको छ ।

नर्सरी व्यवसायको विकास र विस्तार, स्वच्छ वातावरण सहित आय र रोजगार भन्ने नारा लिएर नर्सरी व्यवसायी संघ नेपालले ३ वटा एक्स्पो भव्यताका साथ सम्पन्न गरेको छ भने नर्सरी बाटिका, वृक्षारोपण तथा रक्तदान कार्यक्रम लगाएत सामाजिक कार्य समेत संघले गर्दै आइरहेको ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय