-शारदा थापा

नायिका शिल्पा भन्छीन, “तिन बर्ष देखि आफ्नै श्रीमानबाट यातना सहें हिंसा भयो मलाई मार्न खोजेपछि बोले ,नबोलेको भए नायिका शिल्पाको आत्महत्या या रहस्यमय मृत्यु भनेर अहिले समाचार आउथ्यो।”

निर्माता छबी भन्छन् , “मलाई पीडा छैन र म को संग कहाँ गएर रुने पुरुष, अधिकार खै ? अन्याय मलाई भईरहेको छ ,लेडीज त रोएर सेन्टीमेन्ट जितिहाल्छन् नी । मेरो ४० बर्षको फिल्मी करीयर खत्तम पार्ने खेल भयो” ।

यि केही प्रतिनिधी संवादहरु हुन अहिले चरम विवादमा रहेको निर्माता छबीराज ओझा र नायिका शिल्पा पोख्रेलको घर झगडाको बिषयको । हाल निर्माता छबीराज ओझा र नायिका शिल्पा पोख्रेलको घर झगडाले दुनीया“ तातीरहेको छ ।

जब असार २२ गते नायिका शिल्पा पोख्रेलले टेकुस्थित प्रहरी चौकीमा ज्यानको सुरक्षा पाउं भन्दै श्रीमान निर्माता छबीराज ओझा बिरुद्ध दिएको उजुरीमा छलफल गर्न भनेर प्रहरीले बोलायो तबबाट छबी र शिल्पाको बिषयले चरम रुप लियो । यस अघि निर्माता छबी र नायिका शिल्पाको बारेमा मिडियामा गसीपको रुपमा चर्चा चल्ने गथ्र्यो अफेयर र विवाहको ।

कत्तिले त बिगत देखि छबीराज ओझाको फिल्म चलाउने फन्डा भन्दै सहज स्विकार्थे । यता छबी शिल्पा दुबैले मिडियालाई दोष दिन्थे मिडियाले हाम्रो सम्बन्ध आफै बनाईदिन्छ छुटाईदिन्छ भन्दै ,आजभन्दा ६ महिना अगाडिको छबी शिल्पाको भिडियो अन्तवार्तालाई सजिलै हेर्न सकिन्छ जहां दुबेैले आफ्नो सम्बन्ध निर्माता र नायिकाको मात्रै रहेको दाबी गरेका छन् ।

छबी र शिल्पाको विहे भएको नायिका रेखा थापा जो छबीकी पुर्वपत्नीले खुलासा गरेपछि चलेको हल्लालाई समेत छबी शिल्पाले स्विकारेका थिएनन रेखालाईनै थाहा होला भन्दै । तर नायिका रेखा थापा र निर्माता छबीराज ओझाको १२ बर्षै बैवाहिक जिवन टुगाउने बेला नायिका शिल्पा छबीको जीवनमा गर्लफ्रेन्डको रुपमा आएको र विहे नै गर्छु भनेपछि छबीले रेखासंग कागजीरुपमै सम्बन्ध बिच्छेद गरेको साथै २०७३ साल असार २९ गते झन्डै ३ बर्षको अफेयर पछि छबी र शिल्पाले पारीवारीक सदस्यकाबीच गुपचुप बिहे गरेको निकट स्रोतले बताउंदै आएको थियो ।

जुन बिषयमा सम्बन्धीत छबी र शिल्पाले नै स्विाकार्न नचाहेपछि मिडियामा गसीप मात्रै छाईरहेको थियो । तर एकाएक असार २२ गते प्रहरी परीसर टेकुमा छबी र शिल्पा श्रीमान श्रीमती भएको र श्रीमानको यातनाले आफु असुरक्षीत भएको उजुरी मिडियामा आयो तब दुबै पक्षको निकट श्रोतलाई मात्र थाहा भएको कुराले दुनिया“ चकित मात्रै बनाएन शिल्पा छबीले एक अर्काको पोल अपरिपक्व तरीकाले उदांगो बनाए । अहिले दुबैले ३ बर्ष अघि बिधिवतरुपमा विवाह भएको ६ महिना अगाडि विवाह दर्ता भएको देखि जन्ती र साक्षी समेत निस्कीसके जस्ले एकखालको तरंगनै ल्यायो । नायिका शिल्पा पोख्रेलले भनेको कुरा छबी स्विकार्नै चाहंदैनन ,यता नायिका शिल्पा छबीले बोलेको एउटै कुरा सत्य हैन आफु चोखीनको लागि बचाउ गर्दै चोखीदै हिंडेको बताउंछिन ।

प्रहरी कार्यलयमा सहमति भैसकेपछि नायिका शिल्पाले अब छबीसंग श्रीमान श्रीमतीको रुपमा बस्न नसक्ने बताउंदै डिभोर्स केस फाईल गरीसकेकी छिन् ,छबी भन्छन् आउ मिलौ अझै केही बिग्रेको छैन । सोसीयलसाईट्समा हाईलाइटेड टपीक्स बनेको छ छबी शिल्पाको घर झगडा ,युट्युव ट्रेन्डीङमा छ छबी शिल्पा सम्बन्धीत अन्तवार्ता , छवी शिल्पाको बिषयमा तर्क बितर्क बिरोध समर्थन बाफरे हेरीसक्नु छेैन, समिक्षक धेरै जन्मीरहेका छन्। छवी र शिल्पाको समर्थन र बिरोधमा रहेका निकट ब्यक्तिहरुले दुबैको ब्यक्तिगत चरित्र देखि ईतिहांस छताछुल्ल बनाईरहेका छन् । जसका कारण निकट श्रोत बताउंछ दुबैलाई ट्रमा भएको एकजनाले छोड्न नमिल्ने भएको छ कतिबेला के हुन्छ । नहोस पनि किन मान्छेको मन हो घरभित्रको कुरा आफ्नो चरित्रको बारेमा गलत प्रचारले दुनिया“ हांस्दा ।

केही अधिकारकर्मीहरुको मत बाझीएको छ कोही शिल्पाको पक्षमा त कोही छबीको पक्षमा । निर्माता छबीराज ओझाले चौथो श्रीमतीको रुपमा मैले शिल्पालाई भित्राएको हो भनीरहंदा नायिका शिल्पा भन्छीन रेखा दिदीले नबोलेर म पीडीत भए । नायिका रेखा आफै खुशी हुन्थीन त सम्बन्धबिच्छेद किन गर्थीन ,त्यसमाथी आफुले छोडेको मान्छेस“ग कस्ले विवाह गर्छ कस्ले लभ गर्छ उनलाई किन चासो हुन्छ रेखालाई दोष दिनु जरुर छैन भन्नेहरु उत्तिकै छन् ।

छबी शिल्पाको सम्बन्धमा उमेरको बडो चर्चा छ तर उमेरभन्दा अपरिपक्वता बढी भएको देखिन्छ सम्बन्धमा दरार आउनको लागि एउटाले शासन चलाउन खोज्ने अर्कोले प्रतिकार गर्न खोज्दा आएको परिणाम जस्तो लाग्छ । अब अहिले कुरा सम्पत्तिकोलागि शिल्पाको खेल भनेर आरोप लगाउनेहरु धेरै निस्किएका छन् ।

श्रीमान श्रीमती भैसकेपछि कानुनीरुपमै छुट्टींदा अदालतले गर्ने निर्णयमा अरुले टाउको दुखाएर तर्क बितर्क गर्नु जरुर हुदैन । निर्माता छबीको चौथो बिहे भनीरहंदा एकले अर्कालाई नराम्रो देखाउने क्रममा छबीले नै शिल्पालाई उनको पनि दोश्रो बिहे हो मसंग अब तेश्रो नहोस भनेका छन् । शिल्पा र छबी निकटका ब्यक्तिहरुले पनि शिल्पाको दोश्रो बिहे हो प्रमाण हामीसंग छ भन्दै एकपछि अर्को चरीत्र उदांगो बनाउने काम भैरहेको छ ।

शिल्पा छबीको अभिब्यक्ति सुन्दा यस्तो लाग्छ उनिहरुबीच अलीकती कंहीकतै मायाको भावनै छैन माया थियो भने कमजोरीलाई पनि आत्मसात गरीन्छ तर यहां त मिडियालेनै हाम्रो विवाह ,लभ ,डिभोर्स गराउंछ भनीरहेका छबी र शिल्पाले अन्तत मिडियामै आएर एक अर्कालाई नराम्रो देखाउने आफु राम्रो बन्ने कसरतमा आफै उदांगीएका छन् ।

हिंसा र यातना नभै आफुलाई चोट नपरी कोही पनि न्यायको लागि भौतारीदैन , नायिका शिल्पामाथी छबीले अन्याय गरेनन भनेर अनुमान लगाउन सकिंदैन तर घरभित्रको कुरालाई सहजरुपमा मिलाउन नसक्नु दुबैको कम्जोरी पक्कैे हो । हिंसा र अन्याय कसैलाई हुनुहुदैन न महिला न पुरुष ।

अहिलेको छबी शिल्पाको घट्नाले त नेपाली समाजमा कस्तो  स्थििति सम्म हुदो रहेछ , हिट सेलीब्रेटीको ब्यक्तिगत जिवन कति प्रताडीत रहेछ भनेर नकरात्मक सन्देश गैरहेको छ जबकी राम्रा उदाहरणहरु पनि धेरै छन् । छबी र शील्पा मिल्न नसक्दा आ आफ्नो पीडा कहंदा आफै जलीरहेछन् ,जग हांसीरहेछ । यतिबेला कसैको घरमा आगो लागेको बेला पानी हाल्नेभन्दा घिउ थप्ने बढी देखिएको यो समयमा दुबैले संयमता अपनाएर आफ्नो खुशी र शान्तिको बाटो रोज्नुको विकल्प छैन ।