यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ५ मा प्रत्यक्षतर्फ नेपाल कम्युनिष्ट पार्टी ९संयुक्त० का उम्मेदवार निमेश खनाल आफ्ना एजेन्डा सहित घरदैलोमा व्यस्त छन् । निमेश पहिलोपटक उम्मेद्वार बनेका हुन ,उनको चुनाव चिन्ह हँसिया रहेको छ । यसअघि निमेश खनाल झन्डै तिन दशक मिडिया म्यानेजमेन्टमा पोख्त भएर काम गरीहेका थिए ।
काठमांडौ क्षेत्र नम्बर ५ आफ्नो स्थायी बसोबास हो तर कहिले बिकास भएको नदेखेपछि यसपटक आफु चुनवामा होमीएको खनालको भनाई छ । काठमांडौ ५ राजधानीको हब हो जहां ७ वटा एम्बेसी छ , देशका उच्चपदस्त अधिकारीहरुको निवास काठमांडौ ५ मै छ तर विकासको मोडल छैन उम्मेदवार निमेश भन्छन अब म विकासको मुहार फेर्छु ।
निमेशका सात खम्बे नीतिमा सुधारिएको न्यायालयरप्रशासन, सुलभ स्वास्थ्यरशिक्षा, स्वदेशमा रोजगार, कृषिमा आधुनिकरण, क्षेत्रीय विकासको अवधारणा औद्योगिकरण, क्षेत्रीय(अन्तराष्ट्रिय अब्बल कूटनीति र सबल सुरक्षा रहेका छन् ।
साथै उनले अब काठमाडौं क्षेत्र नम्बर ५ अल्ट्रा ग्रिन सिटीतिर लाग्ने बताएका छन् । अन्तराष्ट्रिष मापदण्डहरु पूरा गरेर काठमाडौंलाई ग्रिन सिटी बनाउन अझै पनि सम्भव छ । प्रदूषण मुक्त बनाउन सकिन्छ । नेपाल कम्युनिष्ट पार्टी ९संयुक्त० बाट काठमांडौ ५ का उम्मेदवार निमेश खनाल घरदैलो कार्यक्रममा आफ्नो पक्षमा जनलहर बढेको बताउछन् । भिडियो


