मध्यपूर्वमा तनावपछि सुरक्षा सतर्कता अपनाउन देउवाको आग्रह

२०८२ फाल्गुन १६, शनिबार १६:४० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले मध्यपूर्वमा विकसित घटनाक्रमप्रति चसो प्रकट गर्दै नेपालीहरूलाई सुरक्षा सतर्कता अपनाउन र स्थानीय प्रशासनले जारी गरेको सुरक्षाको प्रोटकल पूर्णरुपमा पालना गर्न आग्रह गरेका छन् । फेसबुकमा स्टाटस लेख्दै देउवाले यस्तो चासो प्रकट गरेका हुन् ।

देउवाले लेखेका छन्, ुमध्यपूर्वमा विकसित घटनाक्रमले ती देशहरूमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई सुरक्षा सतर्कता अपनाउन र स्थानीय प्रशासनले जारी गरेको सुरक्षाको प्रोटकल पूर्णरुपमा पालना गर्नुहुन अनुरोध गर्दछु ।ु

उनले भने, ुनेपाल सरकार र विदेशस्थित नेपाली दूतावास तथा नियोगहरूलाई आफ्ना नागरिकको सुरक्षाका लागि आवश्यक संयोजन तथा सहयोगका लागि क्रियाशिल हुन आग्रह गर्दछु ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय