रबि ,बालेनले काठमाडौ, ललीतपुर र भक्तपुरमा र्‍याली गर्दा उत्साह

२०८२ फाल्गुन १६, शनिबार १६:१५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले शनिबार राजधानी काठमाडौ सहित ललीतपुर र भक्तपुरमा चुनावी र्‍याली गरेका छन् । र्यालीमा जनलहर र नाचगान आकर्षक बनेको थियो । १८ गते राति १२ बजेसम्म प्रचार प्रसारका लागि निर्वाचन आयोगले समय दिएको छ ।

त्यसअघि दलहरू अन्तिम चरणको प्रसारमा जुटेका छन् । रास्वपाका सभापति लामिछाने र नेता शाह यसअघि विभिन्न जिल्ला पुगेर चुनावी प्रचारमा सहभागी भएका थिए । सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी, चितवन हुँदै उनीहरू शनिबार राजधानी केन्द्रित भएका हुन् ।
राजधानीमा उनीहरू उम्मेदवारसँग सँगै विभिन्न पालिकामा पुगेर मतदातासमक्ष भोट मागेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय