भक्तपुरको दिब्यश्वरी टाउनप्लानीङमा गौतम नर्सरी संञ्चालनमा आएको छ । बिगत १७ बर्ष देखि नर्सरी ब्यवसाय गरीरहेका रविनकुमार गौतमले भक्तपुरको दिब्यश्वरी टाउनप्लानीङमा गौतम नर्सरी संचालनमा ल्याएका हुन । यस अघि भक्तपुर कौशलटरमा रहेको गौतम नर्सरी दिब्यश्वरी टाउनप्लानीङको आफ्नै जग्गामा ब्यवस्थीत तरिकाले संचालनमा ल्याइएको संचालका गौतमले जानकारी दिए । भक्तपुर दिब्यश्वरी टाउनप्लानीङमा संचालनमा आएको गौतम नर्सरीमा आउटडोर प्लान्ट ,इन्डोर प्लान्ट सिजनल बिरुवाहरु लगायत २ सय ५० बढी भेराइटीका बिरुवाहरु पाइने गौतमले बताए ।
गौतम नर्सरीको भिडियो रिर्पोट ।
गौतम नर्सरीले गार्डेनीङ डिजाइनका सेवाहरु समेत दिइरहेको छ भने ब्यवसाय गर्न चाहनेहरुका लागि परामर्श समेत दिंदै आएको छ । फलफुल तथा बिरुवाहरुको लागि चाहिने गमला लगायतमा सामाग्रहीहरु समेत राखीएको गौतम नर्सरीले नेपालमा आयातीत बिरुवाहरु रोक्ने आफ्नै उत्पादनलाई महत्व दिने बताएको छ ।
# को हुन संचालक रबिनकुमार गौतम
रबिन कुमार गौतम नर्सरी ब्यवसायमा एक स्थापीत नर्सरी ब्यवसायी हुन । बिगत १७ बर्षदेखि नर्सरी ब्यवसाय संचालन गर्दै आएका गौतम मेहनत गरे नेपालमै केही गर्न सकिन्छ भन्ने युवा ब्यवसायी हुन । शुरुवाती दिनमा अरुकै नर्सरीमा काम गरेर आफैले ब्यवसायीक रुपमा नर्सरी ब्यवसाय संचालन गरेका रविनकुमार गौतम हाल नर्सरी ब्यवसायीसंघ नेपालका बरिष्ठ उपाध्यक्ष हुन । ३५ हजारको लगानीबाट नर्सरी ब्यवसाय शुरु गरेका गौतम अहिले करोडौ लगानी गर्नसक्ने बनेका छन् नर्सरी ब्यवसायमा । त्यसो त गौतमले सजिलै यो सफलता हाता पारेका भने हैनन , रातदिन नभनी ढुङगा माटोमा लटपटीएर बोट बिरुवाहरुको स्याहार संरक्षण गरी ब्यापार गर्दै अगाडि बढेका हुन । रविनकुमार गौतमले पछिल्लो ५ बर्षमा देशका तराई क्षेत्रको जग्गमा १२ लाख बिरुवा रोपेका छन् ३ सय ५० हेक्टर सरकारी जमिनमा ।
नर्सरी ब्यवसायी रबिनकुमार गौतमसंग गरीएको भिडियो कुराकानी ।
। उनले सरकारी निकायका बिरुवा रोप्ने कामहरु पनि लामोसमय देखि गर्दै आइरहेका छन । सरकारले नर्सरी ब्यवसायको लागि जग्गा ब्यवसथपन नगरेको गुनासो गौतमको रहेको छ भने नेपालमा ब्यवस्थीत तरिकाले फलफुल ,कृर्षिबन , जडीबुटी नर्सरी हरु उत्पादन गर्नसके नेपाल अन्य देशमा फफुल तथा बिरुवाहरुको लागि निर्भर हुन नपर्ने गौतमको भनाई छ ।
फोटो फिचर















