मेलाको लागि बजेटकै अभाव -राम्जीप्रसाद तिमिल्सिना

२०८२ आश्विन २९, बुधबार ०३:४७ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

नर्सरी व्यवसायीहरुको उत्पादनलाई प्रबर्द्धन गर्न गरिने मेलाहरुको आयोजना गर्न बजेटको अभाव भएको नर्सरी व्यवसायी संघ नेपालका अध्यक्ष राम्जीप्रसाद तिमिल्सिनाले गुनासो गरे । तेश्रो तिहारफ्लोरा एक्स्पोको मगलबार भएको उद्घाटन कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले नर्सरी व्यवसायीहरुको उत्पादनलाई सहयोग पुग्ने कार्यक्रमको लागि बजेट अभाव हुदा मेलाहरु गर्न कठिनाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
पुष्प ,फलफूल ,जडिबुटी कृषिबन चारै बिधालाई समेटेर बिदेशी आयात रोक्न स्वदेशमै बिरुवाहरु उत्पादन गरी आय र रोजगार सृजना गर्ने उदेश्यले नर्सरी व्यवसायी संघ नेपालको स्थापना भएको अन्य सस्थाबाट नफुटेको स्पष्टीकरण दिए । अध्यक्ष तिमिल्सिनाले देशैभर २० वटा जिल्लामा जडिबुटी फलफूल लगाएत के के उत्पादनको सम्भावना छ अध्यन कार्य भैरहेको बताउदै प्रबर्द्धनात्मक कार्य भैरहेको बताए ।
नर्सरी व्यवसायी संघले आयोजना गरेको तेश्रो तिहार फ्लोरा एक्स्पो २०८२ असोज २८ देखि कार्तिक १ गतेसम्ममा काठमाडौको भृकुटीमण्डपमा ५ दिन् सम्म चल्नेछ । जहाँ फलफूल ,नर्सरी तिहार लक्षित मखमली ,गोदावरी ,सयपत्री लगाएतका फुल सगै ,कृषि औजार बिउबिजाणु खरिद तथा अवलोकन गर्न पाइनेछ भने निशुल्क परामर्श पनि दिइने संघले जनाएको छ ।


एक्स्पोमा ६२ वटा व्यवसायीक स्टललगायत वनस्पती विभाग, पुष्प विकास केन्द्रसहितको अफिसियल ४ वटा स्टल तथा प्रतिश्पर्धाको ४ वटा स्टल समेत गरी जम्मा ७० वटा स्टल रहेका छन् ।
व्यवसायीहरुको क्षमता विकासका लागि स्वस्थ प्रतिस्पर्धा गराई व्यवसायीहरुको हौसला बढाउन शिल्ड, नगद तथा प्रमाण – पत्रद्वारा पुरस्कृत गरिएको छ । एक्स्पोमा विभिन्न प्रजातीका फूल फुल्ने तथा नफुल्ने आलंकारीक फूल विरुवाहरुलगायत कृषि तथा वन, जडिबुट्टी नर्सरी, फलफूल नर्सरीबाट उत्पादित विविध प्रजातीका बोट विरुवाहरु प्रदर्शनी तथा विक्री / वितरणको लागि राखिएको छ । साथै, एक्स्पोमा मलखाद, अर्गानिक एवं रासायनिक विषादी, विउ विजन, औजार उपकरण तथा प्रविधिहरुको समेत स्टल रहेको छ । एक्स्पोमा ३५ हजार अवलोकनकर्ताहरुले अवलोकन गर्ने साथै ७० लाख भन्दा बढीको आर्थिक कारोवार हुने अपेक्षा गरेको आयोजकले जनाएको छ । एक्स्पो अवलोकन गर्न सर्वसाधारणहरुको लागि प्रवेश शुल्क प्रति व्यक्ति १ सय रुपैयाँ र विद्यार्थीहरु तथा जेष्ठ नागरिकको लागि प्रति व्यक्ति ५० रुपैयाँ तोकिएको छ । एक्स्पोको प्रवर्द्धक पुष्प विकास केन्द्र र वनस्पति विभाग रहेको छ ।
एक्स्पोले आर्थिक मन्दिले सुस्ताएका हरित अर्थतन्त्र विकासमा संलग्न उद्यमी व्यवसायीहरु तथा यस व्यवसाय प्रति अभिरुचि राख्ने र समग्र कृषि क्षेत्रमा लगानी गरेर रोजगारी सिर्जना गर्ने सपना देखिरहेको उद्यमी व्यवसायी तथा जिज्ञासु साथै अध्ययन अनुसन्धानमा संलग्न व्यक्ति व्यक्तित्वहरुलाई उत्साहित र झकृत गर्ने आयोजकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय