ह्वील चियर टेनिस खेलमा रामबहादुर र अनुकला बिजेता

२०८१ माघ ७, सोमबार ०८:२२ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

नेपालमा पहिलोपल्ट भएको ह्वील चियर टेनिस प्रतियोगितामा पुरुष तर्फ राम बहादुर तामाङ प्रथम भएका छन भने महिलातर्फ अनुकला राईले प्रथम स्थान हासील गरी दुबै बिजेताले नगद पन्ध्रहजार सहित ट्रफी प्राप्त गरे । यसै गरी पुरुष तर्फ दोश्रो सागर पाण्डे र तेश्रो स्थान खुम पाण्डेले हाता पारे भने महिला तर्फ गंगा छन्त्याल र झारना रानाले दोश्रो र तेश्रो स्थान हासील गरे बिजेताहरुलाई नगद दश हजार र पांच हजार सहित संघले ट्रफी प्रदान गर्यो ।
. नेपाल ह्वील चियर टेनिस संघले नेपालमै पहिलो पटक अयोजना गरेको प्रतियोगितामा प्रतियोगीहरुलाई बागमति प्रदेश का युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले पुरस्कार प्रदान गरेका हुन । कार्यक्रममा मन्त्री मीनकृष्ण महर्जनले पारा खेलकुद लाई कुनै भेदभाव नगरि बजेट बिनियोजन गर्ने प्रतिबद्धता जनाए ।

मध्यपुर थिमि नगरपालिका का प्रबक्ता कृष्णहरि आचार्य ले आगामी दिनमा पनि संस्थालाई सहयोग गरि पारा राष्ट्रिय खेलाडी उत्पादनमा नगरपालिका ले सहयोग गर्ने बताए । टेनिस कोर्ट शौचालय लगायतका पुवाधार अपांगतन मैत्रीपूर्ण बनाउनका साथै ह्वील चियर टेनिस पनि टेनिस संघको अंग भएकाले टेनिस संघमा पनि अबद्ध गर्न सहयोग गर्ने नेपाल टेनिस संघका सचिव मालिका राणाको भनाई थियो ।

ह्वील चियर टेनिस संघका अध्यक्ष बिकास थापाले फरक क्षमता भएकाहरु पनि खेलमा अब्बल छन् भनेर राष्टिय अन्तराष्टिय रुपमा पहिचान बनाउन नेपालमै पहिलोपटक कार्यक्रमको आयोजना गरेको बताए । थापाले राष्ट्रिय पारा गेम सुर्खेत मै हुने र चाडो मिति तोक्न , पारा एसियन २०२६ को तयारि का लागि प्रदेश सरकार र संघिय सरकारले बजेट विनियोजन गर्न माग गरे

कार्यक्रममा पारालिम्पियन पलेशा गोवधन, भरत सिह महता , भिम कुमाल र पारा तेक्वान्दो का प्रशिक्षक कवि राज नेगि लाई सम्मान पत्र प्रदान गरिएको थियो । नेपाल ह्वील चियर टेनिस संघ ले प्रतियोगिता गर्नु अगाडि मध्यपुर थिमि नगरपालिकाको सहयोगमा १ महिने प्रशिक्षण सम्पन्न गरेको थियो । प्रशिक्षणमा प्रशिक्षक रा खे प का टेनिस प्रशिक्षक सुर्य भूषण बज्राचार्य , रेणु देवि कोण्डा र प्रशिक्षक चन्द शाहिले ४ महिला र ५ पुरुष लाई प्रशिक्षण गराएका थिए ।कार्यक्रममा राष्ट्रिय पारालिम्पिक का पधाधिकारीहरु उदय लिम्ब ओमनाथ शिवाकोटी , बिश्सवास बस्नेत, सरोज श्रेष्ठ ,राखेप सदस्य रामचन्द्र श्रेष्ठ नेपाल टेनिस संघ बागमति अध्यक्ष मनोज शमशेर राणा लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय