
बिहिबार बिहान उपचारको क्रममा निधन भएका रहेका अबोध बालक सचिन परियारको शुक्रबार पशुपति आर्यघाटमा अन्त्यष्टी गरीएको छ । जतिबेला सचिन अबोध थिए । त्यतिबेला उनको मिठो बोली रोचक सवाल जवाफका कारण सोसल मिडियामा ‘भाइरल’ बनाइयो त्यसपछि उनले आफ्नो जिन्दगी बांचन पाएनन न त आमा बाबुको मायां नै । बोल्नै नसक्ने हुदापनि भाइरल कन्टेन्टको लागि लाइक र भ्युजका लागि अस्पतालमा होस य घरमै पुगेर बुम र माइकको घेरामा सचिनलाई जबरजस्त सिकाएरै बोल्न लगाइन्थ्यो ।
उनलाई न लेखपढ गर्न दिइयो, न बाल्यकाल बिताउन । कहिले गाउँमा , कहिले सहर त कहिले सडक गराएर आखि १४ बर्षको उमेरमा उनको ज्यान गयो । कहिले गीत गाउन , कहिले नाच्न । कहिले रुवाउन कहिले हँसाउन । लगाइयो तर कहिले उनको स्वस्थ्य ,शिक्षाको बारेमा न उनका बाबु कलौटे नामले परिचित तेजेन्द्र परीयारले ध्यान दिए न त अरुले । उनि मिोनियाले थलिए हेरचाह भएन शिथिल बन्दै गए ,तैपनि उनलाई कहिले दोहोरीमा कहिले झाँक्रीकहाँ पुर्याएर भिडियो खेती गरीयो ।
अन्तत सचिनले संसार छाडे । उनकी आफ्नै आमा बाबुसंग कुरा नमिलेपछि छोडेर अन्तै बस्ने गर्थीन सौतेनी आमा र बाबुसंग बसेका सचिन परियारले गित गाएका छन् भिडियो खेलेका छन् उनका गित तथा भिडियोहरु करोडौले हेरेका छन् । तर बाबा आमा को वेवास्ता र भाइरल बनाउन खोज्नेहरुले सचिनलाई बांचुन्जेल सुविस्ता दिएनन भनेर अहिले बजारमा चर्चा भैरहेको छ ।