चन्द्रगिरि नगरपालिाकामा रहेको अटिजम, बौद्धिक अपाङ्गता केयर सेन्टरको दोस्रो वार्षिकोत्सवको अवसरमा सम्मान एवम् बजेट कार्यान्वयनमा सरोकारवाला निकायको भूमिका कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले यो वर्षदेखि तीन प्रकारका अपांगता भएका व्यक्तिहरुलाई छुट्टाछुट्टै तरिकाले नगरले सहयोग गर्ने बताउनु भयो । नगर प्रमुख गिरीले नगरपालिकाले यसअघि अपांगता भएका व्यक्तिलाई मात्र सहयोग गर्दै आएकोमा यो वर्षदेखि बौद्धिक अपांगता भएका व्यक्तिहरुलाई पनि सहयोग गर्ने बताउनु भयो ।
चन्द्रागिरि नगरपालिकाका उपप्रमुख बसन्ती श्रेष्ठले बौद्धिक अपाङ्गगता भएका बालबालिका र उनीहरुका अभिभावकसँग नगरपालिका सधै साथमा रहेको बताउनु भयो । कीर्तिपुर नगरपालिकाको कार्यबहाक नगर प्रमुख शुभलक्ष्मी शाक्यले बौद्धिक अपांगता भएका बालबालिकाको राम्रो हेरचाह गर्न सके उनीहरु साधारण व्यक्ति सरह हुने दाबी गर्नुभयो । उहाँले कीर्तिपुर नगरपालिकामा त्यस्ता व्यक्तिहरुले काम गरेर आम्दानी समेत गरेको बताउनु भयो ।
डा. अमित झाले अटिजम रोग नभएर फरक क्षमता भएको भन्दै उहाँले टेलिभिजन, मोबाइल र अन्य विद्युतीय उपकरणको प्रयोगबाट अटिजम नहुँने उल्लेख गर्नुभयो । उहाँले अटिजम मोबाइल धेरै हेरेर नहुने तर, अटिजमको लक्षण भएका बालबालिकाले मोबाइल डिभाइसको प्रयोग गर्दा अटिजमको तह भने बृद्धि हुनसक्ने बताउनु भयो । अटिजम, बौद्धिक अपाङ्गता केयर सेन्टरकी अध्यक्ष गिता घिमिरेले अटिज्म केयर सेन्टरको लागि सबैको साथ समर्थनले राम्रो काम गर्ने प्रेरणा मिलेको बताउनु भयो।
कार्यक्रममा बौद्धिक अपांगता भएका बालबालिकाले आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए । कार्यक्रममा दाता पत्रकार तथा बिभिन्न क्षेत्रका ब्यक्तिहरुलाई सम्मानीत गरीएको थियो ।