देबी प्रतिभाले एक पैसा पनि लिएको छैन -बालयोगेश्वर बिजय

२०८१ श्रावण १४, सोमबार २०:१० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मानव सेवा फाउन्डेशन नेपालले पशुपतिमा गरीरहेको कोटी होम महायज्ञमा सोमबार सांझ १४ दिनसम्म कथा बाचन गरेकी देबी प्रतिभाले पत्रकारहरुसंग साक्षत्कार गरीन र जहां सवाल जवाफ हुदा उनले लिएको पारिश्रमीकको बारेमा प्रश्न गर्दा उनले बाल योगेश्वर बिजय कृष्ण मुर्ती जी महाराज जो कोटीहोमका संकल्पकर्ता हुन भने देबी प्रतिभालाई कथा बाचन गर्न नेपाल ल्याउने पनि उनै हुन र देबीले ,उनैलाई माइक थमाइन  बालयोगेश्वर बिजयले पारीश्रमीकको बारेमा दिएको प्रष्टीकरण

कथा बाचन कथा बाचिका राधीका दासी र देबी प्रतिभाले पशुपति हंसमण्डपमा चलिरहेको कोटीहोम महायज्ञमा बाचन गरेबापत करोड अरब पचास लाख पैसा लगे भनेर अफ्वा फैलाउने काम भएको रहेछ म त सामाजिक संञ्जालमा समाचारहरु हेरेर झन्डै ढलीन । हामीले गुरु तथा कथा बाचकहरुलाई बरणी गरेर राखेका हुन्छौं र केही दक्षिणा दिनुपर्ने हुन्छ । अहिलेसम्म देबीजीको संस्था र उहाको समुहले हामीलाई यति दक्षिणा दिनुस भन्नु भएको छैन यो प्रष्ट हो र अर्को कुरा देबीजीले पैसा लिनुहुन्न उहाको संस्थालाई हामीले दिने हो ,किनभने उहांहरुको परिश्रम र सामाजिक कार्यहरु र आफ्नो परिवार पनि पालीनु पर्ने हुन्छ । हामीले देबीजीलाई न पचास लाख न करोड दिएका छौं यो अनावश्यक हल्ला हो ।

देबीजीको राष्ट्रसेवक संस्थाले पनि स्वैच्छाले दिएको पारिश्रमीक र आवतजावत खर्च र खानबस्न हामीले मिलाउनै पर्छ , किनभने एक जना गायक वा गायिकालाई १ घण्टाको लागि मेलामहोत्सव तिर बोलाउदा त पचासौं हजार दिएर स्टार ओटलमा राखर जे भन्यो त्यै गरीरहेको सबैले देखेकै छ ,यो अनावश्यक कुरा हो हामीले उचित मुल्यांकन गरेर केहि पारिश्रमीक दिएका हौं यस्तो अफवामा कोही नलाग्नु होला ।

Divorce ,करोडौं पैसा लिएको प्रश्नको जवाफ दिदै ,बडिगार्ड राख्दा गर्व छैन ? भनिन देबि प्रतिभाले (youtube.com)

बडिगार्डको चर्को बिरोधपछि देबि प्रतिभाले कोटिहोममा नै स्पस्टिकरण दिएर बिदा भईन (youtube.com)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय