
काठमांडौ कात्तिक १८- भृकुटीमण्डपमा पांच दिनसम्म संचालन भएको,तिहार लक्षित फलफुल,नर्सरी तथा जडीबुटीहरुको प्रदर्शनी मेला तिहार फ्लोरा एक्सपो २०८० शनीबार सम्पन्न भएको छ । पांच दिने तिहार फ्लोरा एक्सपोमा ६० लाख बढीको फलफूल तथा बिरुवाको कारोवार भएको आयोजक नर्सरी ब्यवसायी संघले जनाएको छ ।
कात्तिक १४ गतेबाट शुरु भएको मेलाको ३० हजार बढीले अवलोकन गरेको नर्सरी ब्यवसायी संघका अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले बताए ।
६२ वटा स्टलमा बिभिन्न जातका फलफुल बिरुवा तथा नर्सरीहरु प्रदर्शनका लागि राखीएको थियो ।
मेलामा फलफुल ,नर्सरी ,जडीबुटी, मल खाद, बिउ बिजन, औजार गमला लगाएत बिरुवको संरक्षणको लागि चाहिने आवश्यक सामाग्रीहरुको स्टल राखीएको थियो । तिहार फ्लोरा एक्सपोमा राखीएका स्टलहरुबाट ५० हजार देखि १० लाख बढी सम्म ब्यवसायीहरुले फलफूल ,बिरुवा तथा औजारहरुको ब्यापार गरेको बताइएको छ ।
तिहार लक्षित गोदावरी र सयपत्रीको माग अत्याधिक भएकोले स्टलनै खाली हुनेगरी बिक्री भएको ब्यवसायीले बताए । एकै ठाउमा धेरै जात जातिका आउटडोर इन्डोर प्लान्टहरु छानीछानी पाइने भएकोले फूुल बिरुवाका पारखीहरुको मेलामा भीड लागेको र आफुले उत्पादन गरेको फलफूल तथा बिरुवाको राम्रो बिक्री भएकोमा ब्यवसायीहरु खुशी देखिए ।
मेलाको अन्तिम दिन शनिबार ग्राहकहरुको अत्याधिक भीड लागेकोले स्टलहरु नै खालि हुनेगरी फलफूल तथा बिरुवाको बिक्री भएको आयोजकले जनाएको छ । नर्सरी व्यवसायीसंघले ब्यवसायीहरुको हक हकहितको लागि र ग्राहकको सुबिधाको लागि भनेर पहिलोपटक गरेको तिहार फ्लोरा एक्सपो सफल भएको बताएको छ ।
ब्यवसायीहरुले उत्पादन गरेको फलफूल बिरुवाको बजार प्रबद्र्धन गर्न र उपझोक्ताको माग पुरा गर्न यस्ता मेलाहरुको आयोजना गरीरहने एक्सपोका संयोजक रबिन कुमार गौतमले बताए ।