तिहार फ्लोरा एक्सपो तेश्रो दिन स्टल नै खाली

२०८० कार्तिक १६, बिहीबार १३:५५ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

तिहार फ्लोरा एक्सपो २०८० को तेश्रो दिन भृकुटीमण्डपमा फूल बिरुवा पारखीहरुको बढ्दो चाप देखियो । तिहार पर्व नजिकिदै गर्दा गोदावरी सयपत्रीको सबैभन्दा बढी खरीदबिक्री एक्सपोमा देखियो ।

तिहार फ्लोरा एक्सपोमा गुह्ेश्वरी नर्सरीले गोदावरी र सयपत्री राखेको स्टल नै बिक्री गरेर खाली नै भयो । गुह्ेश्वरी नर्सरीका प्रताप बस्नेतले तेश्रो दिन १ लाखको हाराहारीमा गोदावरी र सयपत्री बिक्री भएको बताए ,उनले भने तिहार नजिकिएर होला तिहार फ्लोरा एक्सपोमा हामीले राखेको गोदावरी र सयपत्रीको माग उपत्यका बाहिरबाट नी भयो त्यसैले आज सोचे भन्दा बढी बिक्री भयो ।

तिहार फ्लोरा एक्सपोमा ५ दिनको समयअवधीमा ३० हजार बढीले अवलोकन गर्ने र ५० लाखको कारोबार हुने आयोजकको अनुमान रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय